बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

काठमाडौं\टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल नेपालमा सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो ।
टाइफाइड किटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो । दक्षिण कोरियाली कम्पनी इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटले यो खोप बनाएको हो । क्लिनिकल ट्रायलबाट उक्त खोप एक मात्रा दिएपछि सुरक्षित रहेको पाइएको विज्ञहरुले जनाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप ट्रायलका लागि अनुमति दिएपछि सन् २०१९ नोभेम्बर २० देखि २०२० मार्च १० को बिचमा १८ सय जनामा खोपको क्लिनिकल ट्रायल गरिएको हो । उक्त ट्रायलपछि विज्ञहरुले सो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरसम्बन्धी पूर्व योग्यता स्थापित भएपछि प्रयोगमा आउन सक्ने बताएका छन् ।
भीआइडीटी कञ्जुगेट खोप लगाएपछि विकास हुने प्रतिरक्षात्मक प्रक्रिया डब्लुएचओबाट यसअघि स्वीकृत पाइसकेको टाइफाइडको अर्को खोप भारत बायोटेक इन्डिया भारतले बनाएको भीआईटिटी खोपको तुलनामा कम नहुने जनाइएको छ ।
अहिले फिलिपिन्समा पनि यहीं भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ । खोपको क्लिनिकल ट्रायलका टोली सदस्य विष्णुरथ गिरीका अनुसार नेपालमा वर्षेनी १५ सय देखि २ हजार व्यक्तिको मृत्यु टाइफाइडका कारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->