बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुर जेसीजमा दोस्रो पटक महिला नेतृत्व

नवलपुर जेसीजमा दोस्रो पटक महिला नेतृत्व


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार

नवलपुर/ नवलपुर जेसीज बर्ष २०२२ ले दोस्रो पटक महिला प्रेसिडेन्ट प्राप्त गरेको छ । वर्ष २०२१ कि कार्यकारिणी उपाध्यक्ष जेसी राधिका भुसाल वर्ष २०२२ को अध्यक्षमा निर्वाचित भएकी हुन् ।
१३ औ वार्षिक साधारण सभा तथा १२ औं शाखा अधिवेशनमा भएको निर्वाचनबाट भुषालले अध्यक्षका प्रतिस्पर्धी जेसी रमेश अधिकारीलाई ५ मतले उछिन्दै नवलपुर जेसीजको अध्यक्ष बनेकी हुन् ।

अध्यक्ष पदमा मात्रै भएको निर्वाचनमा कुल खसेको ३० मतमा भुसालले १७ मत प्राप्त गरेकी थिइन् भने अधिकारीले १२ मत प्राप्त गरेका थिए । १ मत वदर भएको निर्वाचन समितिका संयोजक राधा उपाध्यायले जानकारी दिइन् ।
खसेको ३० मतमा भुषालको पक्षमा १७ मते अधिकारीकोे पक्षमा १२ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । अध्यक्ष पदमा निर्वाचन भएपनि अन्य पदमा भने सर्वसहमत भएको छ ।
शाखाको कार्यकारिणी उपाध्यक्षमा अनु सिग्देल र निरञ्जन बगाले, उपाध्यक्षमा विमलकुमार जोशी, भुपराज पोख्रेल, दिपक बहादुर शाही र श्याम अधिकारी निर्विरोध भएका छन् ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले चयन गर्ने प्रावधान छ । २००९ मा स्थापना भएको नवलपुर जेसीजमा यसअघि २०१९ मा पहिलो महिला अध्यक्षका रुपमा जेसी राधा उपाध्यायले एक कार्यकाल नेतृत्व गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->