बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७८, बुधबार

नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले स्वास्थ्यकर्मीका लागि सञ्चालन गरेको ३ दिने अभिमुखीकरण तालिम सकिएको छ । कावासोतीको हिकोडेफ सभाहलमा स्वास्थ्य ब्यवस्था सूचना प्रणाली तथा आपुर्ति व्यवस्थापन सूचना प्रणाली एचएमआईएस/एलएमआइएस सम्बन्धी ३ दिने अभिमुखीकरण आइतबार सुरु भएको थियो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईको अध्यक्षतामा सुरु भएको तालिमको औपचारिक उद्घाटन तथा जनस्वास्थ्य निरीक्षक मुक्तिनाथ भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा कावासोती नगरपालिकाका स्वास्थ्य प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले अभिमुखीकरण तालिम सफलताको शुभकामनाका दिए ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले स्वास्थ्यकर्मीले सेवाग्राहीको स्वास्थ्य विवरण अभिलेख ऐनाजस्तै छर्लङ्ग राख्न सुझाव दिए । जनस्वास्थ्य निरीक्षक भट्टराईले तालिम तालिमका लागि मात्रै नभई सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । अभिमुखीकरणमा कावासोती र देवचुलीका २० जना स्टार्फ नर्स, अनमी, अहेव, सिअनमी, ३ जना स्वास्थ्यका विद्यार्थीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->