बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमाले बागलुङमा नेतृत्व चयनका लागि मतदान सुरु

एमाले बागलुङमा नेतृत्व चयनका लागि मतदान सुरु

अध्यक्ष, उपसचिव, खुल्ला सदस्य र अल्पसंख्यक बाहेकका पदमा सर्वसम्मत ।


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७८, आइतबार

बागलुङ/ नेकपा एमाले बागलुङ जिल्ला कमिटिको आगामि कार्यकालका लागि तीन जना पदाधिकारीसहित सदस्यहरु छनोटका लागि मतदान प्रकृया सुरु भएको छ । नवौं जिल्ला अधिबेशनबाट अध्यक्ष, उप–सचिव दुईजना र खुल्ला, भूगोल तथा समावेशी सदस्य सर्वसम्मत हुन नसकेपछि मतदान प्रकयाबाट टुंगो लगाईने भएको हो । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षका लागि कृष्ण पाठक, हिरा बहादुर केसी र मेहरसिंह पाईजा चुनावी मैदानमा छन् । उप–सचिवका लागि डम्मर श्रीष, गणेश बहादुर थापा, प्रेम लामिछाने, चित्रकला छन्त्याल, राम बहादुर जिसी र नेत्र बिष्ट चुनावी मैदानमा छन् । खुल्ला सदस्य २४ जनाका लागि ३६ जना चुनावी मैदानमा छन् । भुगोल तर्फ काठेखोला गाउँपालिका बाहेकका स्थानीय तहबाट सर्वसम्मत सदस्य चयन भएका छन् । काठेखोला गाउँपालिकामा दुई जनाका लागि चार जना चुनावी मैदानमा छन् ।

महिला सदस्यको भने टुंगो लागेको निर्वाचन समितिले जनाएको छ । जनजाती, दलित तथा महिला समावेशी सदस्य समेत सर्वसम्मत चयन भएको कार्यबहाक उपाध्यक्ष कृष्ण पाठकले बताए । अल्पसंख्यक समावेशी सदस्य दुई जनाका लागि पाँच जनाले उमेद्वारी दिएका छन् । दिउँसो २ः ४५ बजेदेखि मतदान प्रकृया सुरु भएको निर्वाचन अधिकृत हरी प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->