बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

१६ महिने शिशुको हत्या

१६ महिने शिशुको हत्या


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७८, बिहिबार

पोखरा/ स्याङ्जाको वालिङ नगरपालिका १०, भकुण्डेमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरुङले सोही घरमा अर्को कोठामा बस्ने १६ महिने शिशुको हत्या गरेका छन् । जितेन्द्र बस्ने घरकै अर्को कोठामा बस्ने रनमाया गुरुङका १६ महिने छोरा साइमन गुरुङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट शिशुको घाँटी, पेट लगायत शरीरका विभिन्न ठाउँमा घाउ देखिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । शिशुलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

जीतेन्द्रले रनमायाकी जेठी छोरी ५ वर्षीय साइना गुरुङलाई पनि चक्कु प्रहार गरेका थिए । साइनालाई भने ठुलो चोट लाग्न पाएन । उनको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरेर डिस्चार्ज गरेको डिएसपी अधिकारीले बताए । हत्यामा संलग्न जीतेन्द्र र रनमायाको सम्बन्ध भने खुलिसकेको छैन । ‘उहाँहरुलाई हिरासतमा लिएर अस्पताल लग्यौं, बयान लिन पाएका छैनौ,’ उनले भने, ‘विस्तृत विवरण त बयान पछि आउला ।’

प्रहरीका अनुसार जितेन्द्रको घर पर्वतको पैयुँ गाउँपालिका ५ मा हो । उनका आमा बुबा काम गर्न विदेश गएका छन् । जितेन्द्र भकुण्डेमै मजदुरी गरेर बसेका थिए । रनमायाको घर भने वालिङ नै हो । उनी छोरा र छोरीसहित भकुण्डेमा कोठा भाडामा लिएर बसेकी थिइन् । प्रहरीका अनुसार उनका श्रीमान घरमा छैनन् ।

घटना भएको घरदेखि नजिकै प्रहरी चौकी छ । घटना हुने वित्तिकै थाहा पाएकाले अभियुक्त पक्राउ गर्न सकेको डिएसपी अधिकारीले बताए । उनले भने, ‘जीतेन्द्र भाग्न आँटेको थियो, घटना हुने वित्तिकै हामी पुग्यौं र समायौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->