बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सर्वोच्च अदालतले गर्‍यो सेवा कटौती

सर्वोच्च अदालतले गर्‍यो सेवा कटौती


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७८, मंगलबार

काठमाडौं/सर्वोच्च अदालतले भोलिदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।
मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने भएको छ ।
यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ ।
मुद्दा/निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->