शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

परीक्षण गरिएकामध्ये आधामा संक्रमण

परीक्षण गरिएकामध्ये आधामा संक्रमण


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७८, मंगलबार

पोखरा/ गण्डकीमा पछिल्लो २४ घण्टामा १ हजार ६३१ जनाको कोभिड परीक्षण गरियो । तीमध्ये ९४९ अर्थात् ५७ प्रशिततभन्दा बढीमा संक्रमण देखियो । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ५०७ जना पुरुष रहेका छन् । यही अवधिमा १८६जनामात्रै निको भए । गण्डकी स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्क अनुसार कोभिडको तेस्रो लहर समुदायमा प्रवेश गरिसकेको छ । संक्रमितमध्ये ५ हजार ६२३ जना होम आइसोलेसनमा छन् । उनीहरुबाट परिवार र परिवारबाट समुदायमा संक्रमण फैलने सम्भावना पनि उत्तिकै रहेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमणको केन्द्र पोखरा बनेको छ । कास्कीमा पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमित देखिँदा तनहुँमा १ सय र लमजुङमा ९६ जना संक्रमित भएका छन् । पर्वतमा ७८,स्याङ्जामा ७८,म्याग्दीमा ४९गोरखामा ३५ र बागलुङमा ९ संक्रमित देखिएका छन् । कोभिडको तेस्रो भेरियण्टले सोझै फोक्सोमा आक्रमण नगर्ने र करिब हप्ता दिनमा निको हुने भएकाले तातो खान, बाहिर ननिस्कन र स्वास्थ्यकर्मीको सम्पर्कमा रहन गण्डकी स्वास्थ्य निर्देशनालयले सर्वसाधारणमा अनुरोध गरेको छ । संक्रमण समुदायमा फैलिएकोले सचेतता अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न पनि निर्देशनालयको अनुरोध छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->