पछिल्लो समय फैलिएको कोरोना भाइरसको तेस्रो लहरले स्वास्थ्यकर्मी र कर्मचारीलाई नै देखिन थालिरहेको छ । कोभिडकै कारण जिल्ला प्रशासन कार्यालयको कामसमेत प्रभावित भएको छ । कोरोना महामारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गरेका काम तथा कोरोना सचेतना सम्बन्धी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यसंग ढोरपाटन सहकर्मी विजय नेपालीले गरेको कुराकानी ।
कास्कीमा कोरोनाको तेस्रो लहर निकै देखिएको छ अहिले अवस्था कस्तो छ ?
– अहिले दैनिक रुपमा ४ सयभन्दा बढि नयाँ बिरामी थपिएका छन् । परिक्षण गरेकामध्ये ५० प्रतिशतभन्दा माथिमा कोरोना पोजेटिभ देखिएको छ । यसको अर्थ कोरोनाबाट कास्की जिल्ला पनि उच्च जोखिममा छ । हिजोसम्म २ हजार ९ सय ४९ जना संक्रमित रहेका छन् । त्यसमध्ये ७० जना अस्पतालमा भर्ना भए । कोभिडको लहरसंगै हामी जोखिममा छौँ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले एक महिनाअघि ३ बुँदे निर्णय गरेको थियो के ती कार्यान्वयन भएका छन् ?
– छन्, हामीले निर्णय गरेअनुसार मेला महोत्सव, भेलाहरु भएका छैनन् । त्यसैगरी कार्याक्रम पनि रद्ध भएका छन् । माक्स लगाउने सन्दर्शमा करिब २ हजार जनामा मास्क वितरण गरिएको छ । हिजोसम्म सबै कार्यलयमा स्वास्थ्यको मापदण्ड पालना गरेर सेवा प्रवाह गरिएको थियो । तर, आजदेखि कर्मचारीमा कोरोना देखिएपछि हामीले पनि केही सेवा कटौती गरेका छौं । मालपोतले पनि केही सेवा कटैती गरेको छ । सकेसम्म सामाजिक दुरी कायम गर्ने खुल्ला ठाउँ प्रयोग गर्ने गरि सेवा निरन्तर दिने प्रयास गरेका छौं । डिसिसिएमसीको निर्णय नेपाल सरकारको पुष ३० मा गरेको निर्णय, प्रदेश सरकारको निर्णय सबै कार्यान्वयनमा छन् । कास्की जिल्लामा २ डोजको खोप लगाउने नागरिक ९० प्रतिशतभन्दा बढि छन् । बुस्टर पहिलो फ्रन्ट लाइनरलाई लगाइसकेको अवस्था छ । गत असारसम्म दोस्रोको खोप लगाएकालाई पनि बुस्टर डोजको खोप लगाउने काम भैहरेको छ । कोभिड रोकथामको लागि गरिएको प्रयास प्रभावकारी रुपमा लागु गरेको छौं ।
कास्कीमा पछिल्लो समयमा फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, कर्मचारीलाई नै बढी संक्रमण देखिएको छ नि ?
– स्वास्थ्यकर्मी र कर्मचारी सरकारले पनि फ्रन्ट लाइनर भनेर तोकेको छ । हामी सेवाग्राहीसंग जोडिनुपर्ने, उनीहरुको सिफारिस गर्नुपर्ने हुन्छ । सेवाग्राही कती सुरक्षित भएर आए र त्यसमा हामीलाई जानकारी भएन माक्स लगाउने खोपकार्ड देखाउने अवस्था त छ । तथापी उनीहको यात्रा थाहा नहुने संक्रमित भएपनि नदेखिने हुँदा हाम्रा साथीहरु र जिल्लामा सेवा प्रवाह गर्ने निकायसंग संक्रमण बढिरहेको हो ।
स्वास्थ्यकर्मीहरु पनि बढी खटुनपर्ने रहेको हुँदा उहाँहरु संक्रमित हुनुभएको छ । फेरी विशेष काम जस्तै राष्ट्रिय परिचय पत्र बनाउन, पासपोर्ट बनाउन पनि फोटो खिच्नुपर्छ माक्स खोल्नै पर्छ । त्यस्ता प्रकृतिका सेवाहरुमा बढि जोखिम भए । हामीले यी सेवाहरु आइतबारदेखि आंशिक रुपमा बन्द गर्याैं । हिजोवाट नागरिकता लगायतका सेवामा पनि हाम्रो कर्मचारी पनि जोखिम देखिएकाले सेवामा प्रभाव परेको छ ।
कोरोनाको तेस्रो लहर अचानक फैलिनुको कारण के होला ?
– सामान्यतया हाम्रो देशको मात्र समस्या हैन । यो विश्वको समस्या हो । भारतबाट पर्यटकहरु भित्रिने नेपाली नगरिक पनि रोजगारीको कामको लागि भारत जाने छ । भारतबाट र विदेशबाट आउदा संक्रमण बढेको हो । विश्वभरी नै फैलिएको कारण पनि नेपाल मात्र अछुत रहन सक्दैन । मुलत हाम्रो लागि जोखिम भारतसंगको खुल्ला नाका पनि हो ।
यस्को रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ ?
– यस्को मुख्य उपाय भनेकै स्वास्थ्य सुरक्षा मापदण्डको पालना हो । आम नागरिकले पनि के बुझिदिनु पर्ये भने यो आफ्mनै लागि हो, मेरो स्वास्थ्यको लागि हो भनेर बुझिदिनु पर्यो । नम्बर १ हामीले मास्क लगाउने, हात धुने, सेनिटाइज गर्ने यी ३ कुराहरु गरिरहनुपर्छ । अर्को कुरा भनेको अनावस्यक हिडन भएन नआई नगई नहुने भए मापदण्ड पालना गरेर जानुपर्यो । सक्भर घरमै बस्ने यसो गरेमा नियन्त्रणमा आउँछ ।
नम्बर २ स्वाथ्यको कुराहरु छन् । अब कहिलेकाँही विपत् भनेको कुरा हामीले टारेर टर्दैन । आउन सक्छ त्यसका लागि हामीले पुर्वतयारी स्वास्थ्य पुर्वाधारहरु तयारी अवस्थामा रहन पर्छ । सामान्य अवस्थाभन्दा यस्तो अवस्थामा संवेदनशिल हुनुपर्छ । फरकखाले व्यवस्थापन आवस्यक पर्छ । पहिलेदेखी हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिशुवा स्वास्थ्य केन्द्र संक्रमण रोकथाम अस्पताललाई तयारी अवस्थामा राखेका छौ ।
त्यहाँको अक्सीजनको अवस्था स्वास्थ्यकर्मीको अवस्था र अन्य संरचनाको अवस्थाको हामीले अनुगमन गरेको छौं । सबैलाई तयारीमा राखेको छौं । अहिले केही मेडिकल कलेजमा पनि बिरामीहरु उपचाररत हुनुहुन्छ । तत्काल १५० देखी दुई सय बिरामी हस्पिटलमा बस्नुपर्ने अवस्था रहेमा सरकारी अस्पतालमा उपचार दिन सक्छौं । अहिले भएका बिरामी अधिकाशं होम आइसोलेसनमा हुनुहुन्छ । यसबाट जोगिने विधि पद्दती धेरैलाई थाहा भएको हुनाले सचेत भएर बसौँ ।
प्रशासनले सुचना जारी नगरेसम्म आम नागरिकले सुरक्षा मापदण्ड अपनाएको देखिदैन ८ दिनअघि मात्र तपाईँहरुले २५ जना भन्दा बढि भेला हुन नपाउने, मेला महोत्सव गर्न नपाउने भनेर तर पोखरामा पुर्व निधारित कार्याक्रम भन्दै हजारौ नागरिकलाई राखियो स्वास्थ्य
मापदण्ड पालना भएन । मास्क मात्र लगाउदा पक्कैपनि कोभिड नसर्ने भन्ने हुदैँन होला, सामाजिक दुरी कायम हुनुपर्ने होला भिडभाड अझै कम हुनुपर्ने होला अर्को पनि चलिरहेको छ यस्लाई कसरी हेर्नुभएको छ ?
– पुसको अन्तिम तिर कोरोना संक्रमणको दर बढ्यो । सिसिएमसीको सुचना आएपछि हामीले पनि जिल्ला तहमा बैठक बस्यौँ । कतिपय अवस्था कस्तो हुन्छ भने सुन्दा हेर्दा सजिलो हुन्छ । पुर्व निर्धारित कार्याक्रम बनिरहँदा कोभिडको परिकल्पना गरिएको थिएन । भेला र भिडभाड गर्ने कार्यक्रम स्वस्फुर्त स्थगित गरिदिनुभयो । पोखरा महोत्सव र गण्डकी प्रदेश स्तरीय धेरै भेलाहरु थिए तिनीहरु स्थगित भए । खेलकुदको हिसावमा खेलाडी पुगिसकेको अवस्था थियो । त्यसो भएर स्वाथ्यको मापदण्ड पालना गरेर खेलेको अवस्था हो । प्रहरीको लागि प्रशासनको लागि यो मापदण्ड गरेको हैन । रहर र इच्छाले यी मापदण्ड ल्याएको हैनौँ । नागरिकको जिउ ज्यान कसरी जोगिन्छ भन्ने विषयमा सबै नागरिक जिम्मेवार जवाफदेही हुनुहुन्छ र त्यसको कानुनी परिपालन गर्याै भने जोगिन्छ भन्ने हिसावमा आदेशहरु जारी गरेका हौं ।
आदेश उललंघन गरेपछि कार्वाही गर्ने पाटो रहयो । खेलकुदको हिसावमा हामीले पनि खेलकुदलाई जस्तो अहिले आहा ! रारा चलिरहेको छ । नेपाल सरकार गत पुस ३० गतेको निर्णय बमोजिम बढिमा २५ प्रतिशत मात्र राखेर खेल खोलाउन सकिने मन्त्री परिषदको निर्णय छ । सोही निर्णय अनुसार काम गर्न सक्ने अवस्था छ । तथापी हामीले आयोजनकाई सकेसम्म दर्शक नराख्नु भनेका थियौँ ।
हिजोसम्म दर्शक नराखी खेल खेलाईएको थियो । आजदेखी केही दर्शक रहने भन्ने कुरा आएको छ । भ्याक्सीन कार्ड अनविार्य हुन्छ । भ्याक्सीन कार्ड बिना टिकट बेच्न पाइदैन । टिकट भिडभाड नहुने गरी बेच्ने र दर्शक छिर्ने ठाउँ पनि खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ ।
जिल्ला प्रशासन जस्तो महत्वपुर्ण सरकारी कार्यालयका कर्मचारी नै संक्रमीत भैरहेको अवस्थामा आम नागरिकलाई पनि निकै प्रभावीत गरेको छ यस्लाई नागरिक अनुकुलता बनाउन कसरी सकिन्छ ?
– हिजोसम्म पनि हामीले त्यही परिकल्पना गरेर सेवा दिइरहेका थियौँ । हामीले कर्मचारीहरु जोखिममा हुँदा हुदै पनि कर्मचारीलाई आशिंक काम रोकेर सेवा प्रदान गरिरहेका थियौँ ।
जोखिम अलिकती कम भएमा हामी सेवा सुचारु गरिहाल्छौँ । अहिले कर्मचारी संक्रमित भएको अवस्था र जोखिम बढि भएको अवस्था हो । संक्रमीत नभएकालाई लिएर काम भैरहेको छ । बजार अनुगमनमा पठाएका छौं । औषधीको व्यवस्था के छ ? खाद्यन्नको अवस्था के छ भनेर पठाएको छौं । कार्यालय बन्द छैन । अत्यावस्यक कुरालाई प्रथामकता दिएका छौँ । समग्र कास्की जिल्लाको लागि जे कुरामा आवस्यक पर्छ त्यो काम गर्ने गरेर कर्मचारी परिचालित गरेका छौं ।
पछिल्लो समयमा निकै चर्चामा आएको स्मार्ट लकडाउन, यस्लाई कसरी हेर्नुभएको छ र यो के हो ?
– स्मार्ट लकडाउन भनेको के हो भने हामीले आवश्यकता जे छ त्यसलाई प्राथमिकतामा दिएर काम गर्ने अनावश्यक रुपमा भिडभाड नगर्ने निश्चित स्वास्थ्य मापदण्ड अनुसार चल्ने हो । सकेसम्म नागरिकका सेवा सुबिधा प्रवाहका कुराहरु कही कतैबाट प्रभावित हुनु हुदैन भन्ने हिसाबमा नै तयारी गरिएको जस्तो अनावस्यक कामहरु अनावस्यम काम नगर्ने अनावसयक भीडभाड गर्ने काम तत्काल नगर्दा पनि फरक नपर्ने काम नगर्दा हामी कोरोना संक्रमणबाट जोगिन सक्छौं । भन्ने सोच स्मार्ट लकडाउन हो । आवस्यकता अनुसार गर हामीले स्मार्ट भनेको केही काम गर भनेको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पालना, अनावस्यक भिडको नियन्त्रण, आनावस्यक गतिविधीको नियन्त्रण, अनावस्यक यात्राको नियन्त्रण गरेपछी हामीले अन्य व्यवसायहरु दैनिक जिवन जागिर लगायतको काम संकुचित गर्न पर्दैन भन्ने मोडालिटी हो ।
स्मार्ट लकडाउन गर्नेतर्फ कास्की प्रशानको योजना के छ ?
– अहिले गरेको नै स्मार्ट लकडाउन हो । भाषामा नबोलेको मात्र हौँ । हामीले लकडाउनको मोडालिटी निषेध गयौं, २५ जना भन्दा बढि भेला हुन हुँदैन, सार्वजानीक यातयातमा सिट क्षमताभन्दा बढी चढ्न हुदैन, कार्ड अनिवार्य, मेला महोत्सव भिडभाड गर्न नहुने, मन्दिरमा जमघट गर्न नहुने, बिहेको नाममा धेरै संख्यामा उपस्थित हुन नहुने भन्नुको अर्थ इस्मार्ट लकडाउन नै हो ।
अत्यमा राष्ट्रिय सभाको उपनिर्वाचन भोली हुँदैछ । यस्को लागि सुरक्षा तयारी कस्तो छ ?
– राष्ट्रिय सभाको निर्वाचन भोली सम्पन्न हँुदैछ । यसका लागि पुर्व तयारी सबै गरि सकिएको छ । करिब २ सय २९ जना मतदाता हुनुहुन्छ । प्रदेश र स्थानिय तहका जनप्रतिनिधी गरेर । उहाँहरुको लागि छुटै लाईन छुटै बाक्साको व्यवस्था छ । सुरक्षाको हिसाबमा सुरक्षाको रणनीति अनुसार गर्ने कुरा त भैहाल्यो । तत्काल हामीले देखेको स्वाथ्य सुरक्षाको हो । स्वास्थ्य सुरक्षा हामीले कोभिड संक्रमित कोही छ भने छुटै व्यवस्था गरेको छौं । संक्रमीतलाई माक्स, ग्लोब्स, फेस सिल्ड लगाएर मतदान गर्न पठाउँछौँ । स्वास्थ्य जोखिम नहुनेगरी पुर्व निधारित कार्यक्रम अनुसार सकिने गरि योजना बनाएको छौं ।





