बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सीमा नाकामा जनशक्ति कम भएको गुनासो

सीमा नाकामा जनशक्ति कम भएको गुनासो


  • खगेन्द्र पराजुली
  • माघ १८ २०७८, मंगलबार

नवलपुर/गण्डकी प्रदेश सरकारले नवलपुरमा स्वास्थ्यका सामग्री उपलब्ध गराएको छ । नवलपुरको स्वास्थ्य क्षेत्रको स्थलगत अनुगमन–निरीक्षणको क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले हुप्सेकोटमा भिडियो एक्सरे मेसिन र विनयी त्रिवेणीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिन् ।

देउराली अस्पतालका लागि दिइएकोएक थान भिडियो एक्सरे मेसिन हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ग्रहण गरिन् । मन्त्री गुरुङले आधारभूत स्वास्थ्यको पहुँच बाहिर रहेका गर्भवती महिलाहरुकोसुरक्षालाई ध्यानमा राख्दै प्राथमिकताका आधारमा भिडियो एक्सरे मेसिन उपलब्ध गराएको बताइन् । गाउँपालिका अध्यक्ष पाण्डेले हुप्सेकोट नवलपुरको विकट क्षेत्र भएकाले सहज यातायात नहुँदा द्रूत स्वास्थ्य सेवा लिन समस्या भएको बताइन् ।

यस्तै, विनयी त्रिवेणीस्थित दक्षिण सीमावर्ती क्षेत्र वडा नं. ७ त्रिवेणीमा रहेको नेपाली सेनाद्धारा सञ्चालित सर्पदंश अस्पतालका लागि ३ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । त्रिवेणी तराई क्षेत्र भएकाले यहाँ सर्पदंशका घटना उच्च हुने गर्दछ । बिषालु सर्पको
टोकाइका कारण हुन सक्ने क्षति न्यूनीकरणमा कन्सन्ट्रेटर मेसिन फलदायी हुने अपेक्षा लिइएको छ ।

यसैबीच, मन्त्री गुरुङले भारतसँगको सीमानाका त्रिवेणीमा रहेको हेल्थ डेस्कको अनुगमन–निरीक्षणका साथै स्वास्थ्यकर्मीसँग प्रगति, समस्या लगायतका बिषयमा चासोसहित छलफल गरिन् । कोभिड रोकथाम तथा नियन्त्रणका लागि राखिएको हेल्थ डेस्कमार्फत् नाकावाट भित्रिने र बाहिरिनेहरुको तथ्याङ्क राख्ने,कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको पहिचान गर्ने, एन्टिजिन परीक्षण गर्ने जस्ता आधारभूत सेवा प्रदान गरेको यहाँ खटिएका स्वास्थ्यकर्मीले बताएका थिए ।त्रिबेणी नाकामा भारतको टाढा–टाढाबाट भित्रिनेहरुको संख्या न्यून भएपनि दैनिकजसो साना तथा हलुका साधन र पैदलै पनि वारिपारी गर्नेहरुको संख्या धेरै भएकाले सेवा प्रवाहमा जनशक्ति अभाव रहेको गुनासो गरेका छन् । सीमानाकाको हेल्थ डेस्कमा स्वास्थ्य कार्यालय नवलपुरले ३ जना स्वास्थ्यकर्मी खटाएको कार्यालय प्रमुख केशवप्रसाद चापागार्इंले बताए । मन्त्री गुरुङले त्रिवेणी नाका गण्डकी प्रदेशको एकमात्र दक्षिणी नाका भएकाले पनि अबको स्थितिलाई हेरेर प्रदेश सरकारले हेल्थ डेस्कको सेवालाई सहज बनाउन पहल गरिने आश्वासन दिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->