बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

म्याग्दी\म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।
२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । बगरफाँट स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गर्दै आएका अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की,म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, नेपाल सरकारका पूर्वसहसचिव मदन थापा,स्थानीय बुद्धिजीविहरु क्या.मीनबहादुर कार्की,चन्द्रबहादुर घिमिरे,रामबहादुर कार्की,विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायणवहादुर कार्की,कृष्णबहादुर कार्की,गोपाल घिमिरे, नविन घिमिरे,पदम घिमिरे,खगराज निउरे,इन्द्रबहादुर जिसी,दीपक घिमिरे,नारायण थापा लगाएतको पहलमा अहिले विद्यालयको स्तरोन्नति र संस्थागत विद्यालयको जस्तै अंग्रेजी माध्यमद्धारा पठन पाठनको तयारी भैरहेको विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुन मगरले जानकारी दिए ।
गत पुस २३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजालको अध्यक्षतामा बसेको बैठकले पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय शैक्षिक स्तरबृद्धि तथा आर्थिक सहयोग संकलन समिति गठन गरेर अभियानलाई तीव्रता दिएको शिक्षिका घनदेबी घर्तीले जानकारी दिइन् ।
विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि अहिले देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थीहरु,शुभ चिन्तक तथा विद्यालयका शिक्षक,कर्मचारी,अभिभावक र स्थानीयवासीहरुबाट आर्थिक संकलन अभियान शुरु गरिएको अभियानका संयोजक कृष्णबहादुर थापाले बताए ।
स्थानीय युवा तथा विद्यालयका पूर्वविद्यार्थी पदम घिमिरेले विद्यालयको सर्वाङ्गीण विकासका लागि समुदायको साथ र सहयोग आवश्यक पर्ने भएकाले देश विदेशमा रहेका बगरफाँटवासीहरुले आफ्नो गाउँको विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान संचालन गरिएको बताए ।
विद्यालयको स्तरोन्नति र विकासका लागि हाल अमेरिकामा रहेका सन्देश कार्की र पोर्चुगलबाट कुमार कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर कार्कीको स्मृतिमा कृष्ण कार्की स्मृति अक्षयकोषका लागि रु १ लाख ५० हजार प्रदान गरेका छन् । कोषमा रकम बृद्धि गरी १० लाख पु¥याउने सन्देश कार्कीले घोषणा गरेका छन् ।
त्यसैगरी स्थानीयवासी तथा समाजसेवी क्या. मीनबहादुर कार्कीले ५५ हजार ५ सय ५५,कृष्णबहादुर थापाले रु ५१ हजार ११ हजार १११,चित्रबहादुर रिजालले रु ५१ ह्जार १०५,चन्द्रबहादुर घिमिरेले ५१ हजार १ सय,विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुनबाट ४० हजार १०५ सहयोग प्राप्त भएको छ ।
त्यसैगरी विद्यालयका निर्वतमान प्रधानाध्यापक प्रेमबहादुर कार्कीले ५० हजार ५०५, शिक्षिकाहरु सुनिता सापकोटा निउरेले २५ हजार, इन्दु केसीले २५ हजार,देवीकुमारी सुवेदीले १५ हजार ५५५,उमा पाइजाले ५ हजार ५ सय,जसोदा भण्डारीले रु ५ हजार ५ घनदेवी घर्ती पुनले १५ हजार ५५५, अभिभावक खिमबहादुर सापकोटाले ५ हजार १ सय,बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले ५० हजार,स्थानीय हातेमालो वचत तथा ऋण सहकारी संस्थाले ३० हजार ७ सय ७७, र पूर्व विद्यार्थी बुद्धबहादुर सापकोटाले रु ११ हजार १ सय ११ सहयोग गरेको जनाइएको छ ।
संकलित रकमबाट विद्यालयको भौतिक विकाससंगै बालमैत्री किन्डरगार्डेन सञ्चालन गनर्,े अंग्रेजी माध्यममा पठन पाठन गराउने, माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्ने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठन पाठन गराउने, शैक्षिक कार्यमूलक अनुसन्धान सञ्चालन गर्ने, व्यवहारिक पठन पाठनसम्बन्धी विविध कार्य सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई तालिम प्रदान गराउने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठन पाठन गराउने उद्धेश्य रहेको अभियन्ता पदम घिमिरेले जानकारी दिए ।
त्यसैगरी विद्यालयमा अध्यापनरत ४ जना निजी श्रोतका शिक्षक शिक्षिकाहरुको लागि वार्षिक १५ लाख,८३ हजार,७ सय २० रुपैयाँ आवश्यक पर्नुका साथै शैक्षिक कार्यक्रम विस्तारका लागि ४ लाख १० हजार गरी कुल १९ लाख ९३ हजार ७२० रुपैयाँ वार्षिक खर्च जुटाउनु पर्ने देखिएको संयोजक थापाले उल्लेख गरेका छन् । हाल विद्यालयको आन्तरिक आम्दानी वार्षिक कुल २६ हजार रुपैयाँ मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->