शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आकासे पुलको उद्घाटन

आकासे पुलको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७८, सोमबार

पोखरा/ पोखराको सिर्जनाचोकमा बनेको आकासे पुलको औपचारिक उद्घाटन भएको छ । आइतबार साँझ पोखराका मेयर मानबहादुर जिसीले पोखराकै पहिलो आकासे पुलको उद्घाटन गरेका हुन । यसअघि नै पुल संचालनमा भने आइसकेको थियो । ट्राफिक समस्या हटाउन र यात्रुलाई सहज सडक वारपार गर्न पुल बनाइ पनि यसले ट्राफिक समस्या भने झन बढाएको टिप्पणी हुँदै आएको छ । साँघुरो ठाउँमा पुल बन्नु र र चारतिरबाट आउने गाडीहरु रोकिँदा त्यहाँ ट्राफिक अस्तव्यस्त हुने गरेको स्थानीयहरुको भनाइ छ । यद्यपि,पैदल यात्रुले भने पुलका कारण सुरक्षित महुशुस गरेका छन् ।
करिब २ करोड ५४ लाखको लागतमा स्टिल स्ट्रक्चर संरचनामा बनेको पुलको उचाई् भने ८ मिटर रहेको छ ।स्वर्गीय रवीन्द्र अधिकारीले आफू पर्यटनमन्त्री हुँदा सांसद विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरेपछि त्यहाँ पुल बनाउन थालिएको थियो । त्यसको बाँकी लागत भने पोखरा महानगरले व्यहोरेको हो । मेयर मानबहादुर जिसीको ‘स्मार्ट सिटी’ सपनाअन्तर्गत पुल बनेको हो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->