बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेक्स र घरेलु खाना

सेक्स र घरेलु खाना


  • कृष्णकुमार सैजु
  • फाल्गुन ६ २०७८, शुक्रबार

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भएपनि यौनशक्ति कम हुँदैजान्छ तर युवा अवस्थामै यौन दुर्बलता हुनु भने समस्या हो । यौनजन्य सक्रियताको लागि व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ । विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौनशक्तिमा कमी आउँछ ।

दुर्बलताका कारण

दीर्घरोगका कारणले त यौन क्षमतामा कमी आउने नै भयो । उच्च रक्तचाप, चिनीरोग, मुटुरोग, मानसिक रोग, मानसिक पिडा तथासामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा ह्रास आँउछ ।
यौनाङ्गको सोथ (दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने) कारणले यौन दुर्बलता हुन्छ । यौनाङ्गमा संक्रमण हुनु कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन् ।
पुरुषको यौनाङ्गको अण्डाशय–पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ । यौन सम्पर्क गर्न पुरुषको अण्डाशय–पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ । पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ । यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ ।

विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो । यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो ।
मधुमेह रोगमा धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई शिरा र धमनी बाक्लो हुन्छ । यसको परिणामस्वरुप यौनाङ्गमा रक्त सञ्चारको कमी हुन्छ । मधुमेहरोग को समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्यधिक भएपनि शारीरिक रुपमा भने यौन शक्ति क्षीण हुँदै जान्छ ।

यौन इच्छा सबैमा हुन्छ तर कसैले यसबारे कुरा गर्दा समाजले बहिस्कार गर्ला जस्तो हुन्छ । सेक्सको साइनो कृषिजन्य वस्तुसंग सिधै गाँसिएको हुन्छ । तर हामीले यसलाई प्रयोग गर्न जानिरहेका हुँदैनौ । यौन क्षमता बढाउन कतिपय मानिसहरुले भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यौनशक्ति बढाउने धेरै घरेलु उपायहरु छन् । सेक्स कला पनि हो । तर, हामी केवल उत्तेजना मेटाउने साधनको रुपमा मात्रै लिन्छौं ।
यौन दुर्बलता महशुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ । यौनशक्ति तथा क्षमताबढाउने केही उपाय छन् । आफूसँग सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ । फलफूल तथा तरकारीजन्य वस्तुमा प्रायः सेक्स पावर बढाउने केही न केही तत्वहरु हुन्छन् । किसमिस, ओखर, अनार, अण्डा, रातो खुर्सानी, गाँजर, भिँडीलगायत धेरै कुरामा यौन शक्ति बढाउने तत्वहरु भएको पाइन्छ ।
भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ । नियमति रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ । गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ ।

भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ । सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसले वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनै पनि हतार नगर्नुस् । सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाउनु हुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।

यौन शक्ति बढाउने घरेलु खाना

अन्डाः अन्डाले यौन शक्ति बढाउने गर्छ । यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन् । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोन बढाउने गर्छ ।
अदुवाः अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ ।
खरबुजाः खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले रक्तबाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन् । खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्छ ।
तुलसीः तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन् ।
लसुनः सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर–कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।
एभोकाडोः एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ । त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्रन्थी सुचारु र स्वस्थ अवस्थामा राख्छ । थाइराइड ग्रन्थीको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन् ।
कालो चकलेटः कालो चकलेटलाई पश्चिमी समाजमा ‘छिल्लिएको खानेकुरा’समेत भन्ने गरेका छन् । कालो चकलेटमा फेनाइलेथाइलामाइन जस्ता प्रेम रसायन पाइन्छन्, जसले दिमागमा डोपामाइन र अनान्डामाइडजस्ता न्युरोट्रान्सिमटरलाई दिमागमा रिलिज गर्ने काम गर्छन् । यिनले व्यक्तिलाई सन्तुष्टि प्रदान र हासिल गर्न प्रेरित गर्छन् । जर्नल अफ सेक्सुअल मेडिसिनले गरेको एउटा सर्वेक्षणमा हरेक दिन एक टुक्रा कालो चकलेट खाने युवतीको यौनजीवन नखानेको भन्दा सुखद भएको पाइएको थियो ।
बदामः बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ । बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।
कुरिलोः कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडैपुग्न सघाउ पुर्यालउँछन् ।
केराः केरालाई फिल्महरूमा ‘सेक्स सिम्बोल’का रूपमा पनि प्रस्तुत गरिन्छ । केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् ।

रातो खुर्सानीः रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ । यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ ।
फर्सीको बियाँः फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन् । यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।
सेक्स सम्बन्ध राख्नुअघि यी खाना नखादा उत्तम
पनिरः पनिर धेरैजनाको मनपर्ने परिकारमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिदैन ।
ब्रोकाउलीः ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ । जुन पच्न समय लाग्छ । अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ । सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन ।

पुदिनाः पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ ।
गेडागुडीः गेडागुडी चाँडै पच्दैन । गेडागुडी खानाले ग्यास बनाउँछ । सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन । साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ । अपच पेट सेक्सका लागि अनुकूल हुँदैन ।
चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन्
लसुन र प्याजः सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेटर दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।
चिजः चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।
चुइङ्गमः चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

रातो मासुः रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन ।
तारेको आलुः तारेको आलुमा फ्याट बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ । तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ । साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ ।
मनोरञ्जनात्कम र आनन्दमय यौन शुखको लागी बिभिन्न पशहरूको महत्वपुर्ण भमिका रहन्छ । शरिरीक शक्तिबाहेक बाह्य तत्वहरू जस्तैः शान्त वातावरण, उपयुक्क समय, आकर्षक रंगका पहिरन, सफा र सुगन्धित शरीर जस्ले सेक्सुल इभेन्टलाई उत्कृष्ट बनाउँदछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->