शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सूचना विधेयक परिमार्जन गर्ने मन्त्रीको प्रतिवद्दता

सूचना विधेयक परिमार्जन गर्ने मन्त्रीको प्रतिवद्दता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया गरिएको छ । मंगलबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरुले संघीयताको मर्मानुसारको विधेयक ल्याउन सुझाव दिएका छन् ।

सहभागीको धारणा सुनेपछि गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले विधेयकका विषयमा सबैबाट सकरात्मक सुझाव आएको र त्यसलाई परिमार्जन गरी संसदमा पेश गर्ने प्रतिवद्दता व्यक्त गरे । ‘तपाईहरु ढुक्क हुनुहोस्, नागरिक अधिकार कुण्ठित नहुने गरी विधेयक ल्याउँछौं’,उनले भने । मन्त्रालयका सचिव धर्मराज कुईकेलले विधेयकमा भएका त्रुटिहरुलाई सच्याइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->