शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

शिव मन्दिर तथा आमा समूह भवन निर्माण

शिव मन्दिर तथा आमा समूह भवन निर्माण


  • अर्जुन गाहा
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ पोखरा ३२ मा रहेको परोपकार आमा समूहको अगुवाइमा शिव मन्दिर तथा आमा समूह भवन निर्माण भएको छ ।
मन्दिर तथा भवनको गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले मन्दिर, पार्टीपौवाका साथै सभ्य समाज निर्माणमा आमा समूहहरूले पु¥याएको विशिष्ट योगदानको प्रशंसा गरे । पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले विकास निर्माणका लागि यो वा त्यो नभनी सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए । आमा समूहकी अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षता एवम् सचिव निर्मला भट्टराई(ढकाल)को संचालन रहेको कार्यक्रममा मन्दिर तथा भवन निर्माणका सहयोगदातालाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->