पोखरा/ कास्की हेभी इक्युपमेण्ट व्यवसायी संघको अध्यक्षमा बालकृष्ण कोइराला चुनिएका छन् । संघको सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत चुनिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, उपाध्यक्षमा बलराम त्रिपाठी,सचिवमा भीमबहादुर केसी,सहसचिवमा वामदेव पौडेल,कोषाध्यक्षमा सुमन लामिछाने र सहकोषाध्यक्षमा सावित्री गुरुङ चयन भएकी छन् । कार्यसमिति सदस्य पनि निर्विरोध भएको उनले बताइन् ।





