आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा सम्पन्न लखन कप मल्मले उचाल्यो

बागलुङमा सम्पन्न लखन कप मल्मले उचाल्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७८, सोमबार

बागलुङ/४० औं मगर दिवसको अवसरमा बागलुङमा संचालित प्रथम लखनकप भलिबल प्रतियोगिता आइतवार बेलुकी सम्पन्न भएको छ ।

पहिलो पटक नेपाल मगर विद्यार्थी संघ बागलुङ, नेपाल मगर युवा संघ बागलुङ र नेपाल मगर संघ बागलुङ नगरको आयोजनामा सम्पन लखन कप बागलुङको उपाधि गलकोट नगरपालिका ७ को मल्लको टिमले जितेको छ । वडास्तरीय खेलमा गलकोटकै वडा नंं १० पाण्डवखानी द्वितिय भयो । १५ टिमले भाग लिएको प्रतियोगितामा मल्मले ३–१को सेटमा पाण्डवखानीालई पराजित गरेको थियो । भलिबल खेल जितेर प्रथम हुनेले ८१ हजार र द्वितीय हुनेले ४१ हजार नगद पुरस्कार पनि पाए । आइतवार भएको महिला भलिबलमा बडिगाड गाउँपालिकाले ताराखोला गाउँपालिकालाई पनि ३ –१ सेटमा पराजित गरेको थियो । महिलातर्फ ७ र पुरुषतर्फ १५ टिमले भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->