शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जन्म दिनको अबसरमा स्कुलका विधार्थी लाई सहयोग

जन्म दिनको अबसरमा स्कुलका विधार्थी लाई सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७८, मंगलबार

पोखरा/ बैदाम निवासी समाज सेवी तथा पर्यटन व्यवसायी प्रभा सुवेदीले विदेशमा रहेका आफ्ना जेष्ठ सुपुत्र अपारराज सुवेदीको जन्मदिन विद्यालयमा मनाएकी छन् । उनले छोराको जन्मोत्सवको अवसरमा पोखरा ६ बैदाममा अवस्थित श्री ताल बाराही उच्च माविमा अध्यनरत करिब २५ जना जेहेन्दार छात्रा तथा छात्रहरुलाई कापी कलमसहित स्टेशनरी समान प्रदान गरेकी हुन् ।

उच्च शिक्षा अध्यनका लागि अष्ट्रेलियमा अध्यनरत छोरा अपारराजको इच्छा र चाहना अनुसार नै आफूले सहयोग गरेको उनले बताइन् । विद्यालयका प्र.अ ताराप्रसाद पोखरेलले सहयोग नै ठूलो धर्म भन्ने उद्देश्य राखेर सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै, सहयोग दाता सुवेदीलाई आगामी दिनहरुमा पनि सहयोगी हात लिएर आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->