पोखरा\नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको दोस्रो अधिवेशन चैत ५ गते हुने भएको छ । मञ्चको २८ औं कार्यसमिति बैठकले पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो ।
विशेषगरी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ । मञ्चमा प्रदेशभरका गरी ५६ सदस्य आवद्ध छन् ।
तीन वर्षअघि एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति आएको थियो । यसैबीच, मञ्चको बैठकले अधिवेशनअघि आधारभूत खेलकुद पत्रकारिता तालिम गर्न महासचिव विजय नेपाल र संस्था नवीकरण कार्यका लागि अध्यक्ष एकराज गिरीलाई संयोजक तोक्ने निर्णय गरेको छ ।





