बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आकस्मिक गर्भनिरोधक साधन र स्वस्थ्यमा पर्ने प्रतिकुल प्रभाव

आकस्मिक गर्भनिरोधक साधन र स्वस्थ्यमा पर्ने प्रतिकुल प्रभाव

अध्ययनअनुसार, आकस्मिक गर्भनिरोधक साधनले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छन् ।


  • कृष्ण कुमार सैजु
  • फाल्गुन २० २०७८, शुक्रबार

गर्भनिरोधक साधन प्रजनन क्रियीलाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे केही जानकारी राख्दछ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै मानिसहरुले यसलाई गर्भ रोक्ने साधनको रुपमा मात्र बुझेका हुन्छन् । यसले कसरी काम गर्छ र शरीरमा केही असर पुर्याउछ कि पुर्याउदैन भनेर बुझेकै हुँदैन । त्यसैले यसको प्रयोग अव्यवस्थित रुपमा गरिरहेका हुन्छन्, जसले गर्दा स्वास्थ्यमा दीर्घकालीन असर वा बाँझोपनबाट ग्रसित हुन पुग्छन् ।
गर्भनिरोधक साधनका प्रकार
गर्भनिरोधक साधनको कामको हिसाबले यसलाई मुख्य ३ प्रकारमा बाँड्न सकिन्छ ।
स्थायी गर्भनिरोधक साधन
यसअन्तर्गत विभिन्न प्रकारका बन्ध्याकरण (भ्यासेक्टोमी, मिनील्याप, ल्याप्रोस्कोपी) गरिन्छ । यसमा पछि गर्भ बस्ने सम्भावना हुँदैन ।
अस्थायी गर्भनिरोधक साधन
यसअन्तर्गत कण्डम, मिश्रित चक्की (पिल्स), डिपोप्रोभेरा–तीनमहिने (सुई), नरप्लान्ट, पाठेघरमा राख्ने साधन (कपर–टी), आई, यू. डी., इम्प्लान्ट्स्, आदि पर्छन् । अस्थायी गर्भनिरोधक साधनले डिम्ब निष्कासनमा कमी ल्याएर वा महिलाको योनीरसलाई वीर्यका लागि प्रतिकुल पारेर वा भु्रणलाई पाठेघरमा टाँसिन नदिएर गर्भ रोक्ने काम गर्छ । प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकुल बनाइ राखिने भएकाले नै गर्भ बस्न नसक्ने हो । यसको असर अस्थायी साधनको प्रयोग गरिरहंदासम्म मात्र हुने भएका कारणले पनि चिकित्सकहरू यसको नियमित प्रयोग गर्न सल्लाह दिन्छन् ।
त्यसैले अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोड्ने बित्तिकै गर्भधारण हुन सक्छ र बाँझोपनसँग यसको कुनै सम्बन्ध भने खास हुँदैन । कतिपय अवस्थामा महिलाहरुले अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोडेको केही महिनाभित्रै गर्भ बसेन भने चिन्तित हुने र बाँझो पो भइयो कि भन्ने चिन्ता लिन्छन् तर यो युक्तिसंगत होइन । अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको १ बर्षभित्र नै सम्पूर्ण कुरा सामन्य भइसकेको हुन्छ ।
धेरैले यो बुझ्नु जरुरी छ की बढ्दो उमेर र तनावले पनि गर्भ गार्हो हुने गर्छ । त्यसैले सन्तान प्राप्तिको इच्छा भए २२–३५ वर्षभित्रै सन्तान प्राप्त गर्नु उचित हुन्छ । केही कारणवश ३५ वर्ष पश्चात सन्तान प्राप्त गर्ने इच्छा भएमा डिम्ब (महिलाको अण्डा) वा भु्रणलाई फ्रिजिंग गरेर राख्न सकिन्छ र पछि सजिलै गर्भधारण गर्न सकिन्छ ।

कृष्ण कुमार सैजु
कतिपय मानिसहरु अस्थायी गर्भनिरोधक साधनले पाठेघरलाई कमजोर बनाउँछ भन्ने गर्छन् तर यसको पुष्टि नभएको कारण यसमा विश्वास नगर्नु नै उचित हुन्छ ।
आकस्मिक गर्भनिरोधक साधन
आकस्मिक गर्भनिरोधक साधन असुरक्षित यौन सम्पर्कबाट गर्भ बस्न नदिन महिलाले प्रयोग गर्ने खाने चक्की हो । यस अन्तर्गत अनवान्टेड–७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्सजस्ता विभिन्न नामका चक्की पर्छन् ।
यसको सेवन असुरक्षित यौन सम्बन्धको ७२ घण्टाभित्र गरिसकिनु पर्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिन्छ । आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण नचाहेको अवस्थामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भु्रणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । यस साधनको प्रयोगले शतप्रतिशत गर्भ रहन्न भन्ने चाहिं हुँदैन । यसको प्रयोग उचित तरिकाले गरे यसको प्रभाव राम्रै हुन्छ अन्यथा विभिन्न समस्या र बाँझोपनसमेत हुन सक्छ । आकस्मिक घटनामा एक–दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । यसको प्रयोगले वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुने भएपनि केही समयमा आफैं हराएर जान्छ । धेरै पटक वा अव्यवस्थित प्रयोगले भने निम्न समस्याहरु आउन सक्छन् ।
छोटो अन्तरालमा अर्थात् धेरैपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरेमा महिनावारी गडबड हुन सक्छ  । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुने समस्या देखिन सक्छ । बिस्तारै महिलाको प्रजनन स्वास्थ्यमा पनि विभिन्न नकारात्मक असर देखिन सक्छ ।
आकस्मिक गर्भनिरोधक साधनको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको बेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्यासमेत देखिन्छ ।
आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मुड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ वा माइग्रेनको समस्या हुने जस्ता समस्या देखिन सक्छ ।
कार्डियोभास्कुलर समस्या जस्तै, हृदयाघात, स्ट्रोक, रगत जम्नेलगायत दीर्घकालीन समस्या देखिन सक्छ ।
विभिन्न अध्ययनअनुसार, आकस्मिक गर्भनिरोधक साधनले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छन् ।
गर्भ रोक्नका लागि आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसकारण यौनरोगको जोखिम बढ्छ ।
आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता (गतभचष्लभ ष्लिष्लन) पातलो बनाइदिन्छ जसका कारण गर्भ तुहिने (mष्कअबचचष्बनभ) सम्भावना बढेर जान्छ ।
गर्भनिरोधक साधनको उचित प्रयोग गरे यसले इच्छा नगरिएको समयमा गर्भ बस्नबाट रोक्छ तर यदि तपाईं भविष्यमा सन्तान प्राप्ति गर्ने सोचमा हुनुहुन्छ भने कुनै प्रकारको गर्भनिरोधक साधन प्रयोग गर्दा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् र आफ्नो शरीर र उदेश्यअनुकुल हुने साधन प्रयोग गर्नुहोस् ।
कतिपय अवस्थामा महिनावारीलाई सन्तुलित बनाउन पनि यस्ता साधनको प्रयोग गर्न सल्लाह दिन्छन् । क्ष्ख्ँ गराउँदा पनि धेरै र गुणस्तरीय डिम्ब उत्पादन गराउन यस्ता साधन प्रयोग गरिन्छ । त्यसैले यसबारे भ्रम राख्नुभन्दा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ । खासगरी आकस्मिक साधनको प्रयोगमा ।
धेरै चिन्ता र बढ्दो उमेरले प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने भएको कारण पनि यस्ता साधनको प्रयोग योजनाअनुरूप हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->