पोखरा/ नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ मा भाग लिन कास्कीका खेलाडी शुक्रबार काठमाडौं प्रस्थान गरेका छन् ।
खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले अनुशासित भएर प्रतिस्पर्धामा उत्रिन आग्रह गरे । उनले खेलाडी र अफिसियललाई मनकामना केवल कारको टिकट पनि उललब्ध गराए ।
फेन्सिङ संघ कास्कीका अध्यक्ष बिजय शाही अफिसियलमा, प्रशिक्षकहरु रेखमाया गुरुङ र छवि गुरुङ, रेफ्रीसन्जिव वराल, व्यवस्थापक निसान कार्की रचिजा गुरुङलगायत १९ जना खेलाडी सहभागी हुने संघका सल्लाहकार कृष्ण रानाभाटले बताए ।





