शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

तँ भनेको निहुँमा हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा

तँ भनेको निहुँमा हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७८, शनिबार

पोखरा/ महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा– २० मौजामा चक्कु प्रहारबाट भएको हत्याको निहुँ ‘तँ’ संवोधन भएको खुलेको छ ।

स्थानीय युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको उपक्रममा लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरुङमाथि लामडाँडाकै २९ वर्षीय प्रकाश गुरुङ, लामाखेतका २५ वर्षीय निशान गुरुङ र डिलबहादुर गुरुङले ‘तँ’ संवोधनलाई नै लिएर चक्कु प्रहार गरेका थिए
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सामान्य विषयमा विवाद सुरु भएपछि उनीहरुवीच झगडा भएको थियो ।

सामान्य विवाद बढ्दै गएपछि युवाहरुको समुहले चोकेन्द्रको हत्या गरेको डिएसपी तिवारीले बताए । झगडाको सुरुवात सामान्य विवादबाट भएको देखिन्छ’, डिएसपी तिवारीले भने, ‘विवाद बढ्दै गएपछि हत्याको घटना भएको अभियुक्तले स्विकारेका छन् ।’घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट घटनामा प्रयोग भएको चक्कुसमेत बरामद गरेको डिएसपी तिवारीले बताए ।
घटनाको थप अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->