पोखरा/ तनहुँ जिल्ला चोकगाँउ भइ पोखरा १५ नयाँबजार सुनगाभा मार्ग निवासी पक्षघात पीडित ५३ वर्षीय केयरंिसं गुरुङ (मुन्ना) लाई हङकङ, युके, अष्ट्रेलिया लगायतका देशबाट १ लाख ८६ हजार २०० रुपैया सहयोग गरिएको छ ।
पीडित गुरुङको उपचार सहयोगार्थ संकलित रकममध्ये १ लाख ४६ हजार २ सय रुपैयाँ पोखरा रामबजारस्थित एनएमबी बैंकको शाखामा पीडित गुरुङ र दिदीको नाममा रहेको खातामा भुक्तानी गरिएको छ । हकङकङमा संकलित ४०हजार रुपैयाँ यस अगावै उपचारका लागि पीडितलाई सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग संकलनमा विशेष पहल गर्नु हुने रामबजार सोसाइटी युकेका सचिव सरोज गुरुङ र हङकङ निवासी नैनसिंह गुरुङको आमा समाजसेवी मीना गुरुङ र पिता खेम गुरुङलगायतले सो रकम पीडितलाई हस्तान्तरण गरेका हुन् ।





