पोखरा/ नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमसकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो ।
समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै अवसरमा नेपाल प्रेस युनियन कास्की शाखाले ३० जना भन्दा बढीलाई नयाँ सदस्यता दिएको छ ।कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखे । पत्रकारिताको नियम र परिधिमा रहेर आफूले सिकेका ज्ञान र सीप प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति कृष्ण केसीले तालिमपछि पनि प्रशिक्षार्थीहरुलाई पत्रकारिता पेशामा रहन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस यूनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने धारणा राखे ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारितामा भित्रिएका नयाँ नयाँ विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखिन् । नेपाल प्रेस युनियनका अध्यक्ष नविन सिग्देलले नेपाल प्रेस युनियनले पत्रकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेको तालिममा उत्साहपूर्ण सहभागिताका लागि प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए । समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोष पोखरेलले पत्रकारिताका महत्वका बारेमा आफ्नो धारणा राखेको थिए । प्रशिक्षार्थीकातर्फबाट सीता परियार र रविरमण अधिकारीले तामिलमा नयाँ नयाँ जानकारी पाएकाले अबका दिनमा पत्रकारिता गर्न सहज हुने धारणा राखे ।





