शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

वृद्धाश्रमलाई सफल सहकारीको सहयोग

वृद्धाश्रमलाई सफल सहकारीको सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७८, आइतबार

पोखरा/ पोखरा बृद्धाश्रमलाई सफल बचत तथा ऋण सहकारी संस्था पोखरा १७ ले आर्थिक सहयोग गरेको छ ।
संस्थाको १५ औं स्थापना दिवसको अवसरमा शनिबार बृद्धाश्रम सहकारीले २० हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।सहकारीका अध्यक्ष बासुदेव पौडेलले उक्त रकम बराबरको चोक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा कास्की जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सफल सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले सहयोग सामाजिक उत्तरदायित्व भएको बताए । बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले संस्थामा हाल ७ जना आमाबुवाको नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित रहेको जानकारी गराए । आश्रममा हाल ५५ जना बृद्धबृद्धा तथा सेवकसेवीका रहेका छन् । सहकारी संस्थाका उपाध्यक्ष पवित्रा जिसीले यसअघि नेपाल रेडक्रम सोसाईटीको कास्की शाखाद्धारा निर्माणाधीन रेडक्रस भवनको लागि २५ हजार तथा मानवसेवा आश्रम छोरेपाटनलाई एक छाक खाना बरावर १७ हजार ५०० रुपैया आर्थिक सहयोग गरेको स्मरण गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->