पोखरा/ अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन ।संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा भरत बहादुर सुवेदी, सचिवमा सविता कुमारी शर्मा र कोषाध्यक्षमा सीता अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा जीवन तिवारी, शिव पाण्डे, वैकुण्ठ भण्डारी, विकास भुजेल, मनबहादुर धामी र मञ्जु गौतमलाई चयन गरिएको छ भने दुई जना सदस्य पछि मनोनित गरिने संघले जनाएको छ ।





