बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘कोरोना पछि आयुर्वेदको महत्व बढ्यो’

‘कोरोना पछि आयुर्वेदको महत्व बढ्यो’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा आइतबार आयुर्वेद सेवासम्बन्धी अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समतिका संयोजक राजेन्द्र ढुङ्गानाले कोरोना पछि आयुर्वेदको महत्व बढेर गएको बताए ।

उनले पहिला नागरिकको उपचारको भर आयुर्वेदमा नै हँुँने गरेकोमा अहिले आयुर्वेदको महत्व घटेर गएको भएपनि कोरोना पछि पुन यसको महत्व बढेर गएको बताए ।

कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद शर्मा, ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन, बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसी, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनाल, बागलुङ नगरपालिका–१३ का वडा सदस्य भवानीप्रसाद शर्मा, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ बागलुङका अध्यक्ष राजबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा.सरोज कुमार रायले जिल्लामा आयुर्वेदको अवस्था, आयुर्वेदले गरेका काम, समस्या र आगामी योजनाहरुका विषयमा जानकारी दिए । यस्तै आयुर्वेद औषधालय जैमिनी शाखाका डा.लक्ष्मीप्रसाद शर्मा, बलेवा आयुर्वेद औषधालयका प्रमुख हरि पौडेल, विहुँकोट आयुर्वेद औषधालयका गोपाल शर्माले आफ्नो औषधालयको काम, प्रगती, समस्या र योजनाको विषयमा सरोकारवाला र जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

अन्तरक्रिर्या कार्यक्रममा कोरोना महामारीपछि आयुर्वेदको महत्व बढेर गएको र कोरोना कालमा आयुर्वेद औषधालयले आफै औषधी समेत उत्पादन र वितरण गरेकोमा सरोकारवालाहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता तथा औषधालयका डा. कमल विक्रम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->