पोखरा/ नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले जनतालाई स्वच्छ र सफा पानी वितरण गर्नुपर्ने बताएका छन । पोखरा शाखा भ्रमणमा रहेका अध्यक्ष भुषालले दातृ निकायबाट प्राप्त सहयोगलाई उचित ढंगबाट प्रयोग गर्दै नागरिकलाई आवश्यक स्वच्छ पिउने पानी वितरण गरिनु पर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष भुषालाई पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीको नेतृत्वमा स्वागत तथा सम्मान गरिएको थियो । सभामा कर्मचारी भेटघाट तथा जाईकाद्वारा निर्माण भइरहेको कामको अवलोकन गर्ने क्रममा अध्यक्ष भुषालले सेवा प्रति सन्तुष्ट भएको उल्लेख गरे ।
कार्यक्रममा संस्थान संस्थागत सेवा महाशाखा प्रमुृख त्रिदिपकुमार श्रेष्ठले उमेरहद सम्वन्धी लोकसेवासँग आफूले धेरै नै परामर्श गरेको बताए ।
स्वागत कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले स्थायी र करार कर्मचारीको विभेद अन्त्य छिटो भन्दा छिटो हुुनुपर्ने बताए । कार्यक्रममा अस्थायी, करार तथा ज्यालादारीको समस्या समधान गर्न अखिल नेपाल श्रमिक संघ, गण्डकी अध्यक्ष हरि पौडेलले ज्ञापनपत्र बुझाएका थिए ।





