आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नयाँ खेलाडीलाई खेलकुदमा ल्याउन मुस्कील

नयाँ खेलाडीलाई खेलकुदमा ल्याउन मुस्कील

पञ्चायतकालको जस्तो खेल व्यवस्थापन हुनुपर्छ : खेलकुद मन्त्री


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७८, शुक्रबार

पोखरा/ समस्या नै समस्याको क्षेत्र हो खेलकुद । खेलकुदमा खेलाडी र प्रशिक्षकको आफ्नै व्यथा र पिडाछ । तर त्यो पिडा भने राज्यले बुझ्न सक्दैन ।

खेलकुदमा हुने राजनीतिले खेलकुदलाई यसरी थिचेको छ की त्यो उम्किन दशकौ कुर्नुपर्ने बाध्यता छ । पछिल्ला समय खेलकुदका पुर्वाधारहरु जसरी विकास हुदैँ गएका छन् खेलाडीको खेल स्तर भने त्यति नै गिर्दै गइरहेको छ ।
कुनैबेला निकै अब्बल अब्बल खेलाडी जन्माउने अहिले सक्दैनन् । इतिहास हेर्ने हो भने नेपालबाट ओलम्किमा समेत पटक पटक सहभागिता भएको छ त्यो पनि खुल्ला प्रतिस्पर्धाबाटै समेत । तर अहिले त्यो इतिहासमै सिमित भएको छ । अहिले नेपाललाई ओलम्पिकमा पुग्नका लागि वाइल्ड कार्ड चाहिन्छ । त्यो त परको कुरा खेलाडीले एशिएन खेलमा समेत पदक ल्याउन सक्ने स्थिति छैन् । यो सबै खेलकुदमा लगानीको कमी र राजनीतिमा अस्थिरता हुनाले हो ।

खेलाडीले आफ्नै लगानीमा राज्यको प्रतिनीधित्व गर्ने बाध्यात्मक परिस्थित रहेको छ भने खेलकुदलाई जिवन्त राख्न पुर्व खेलाडीहरुले स्वयम् सेवी प्रशिक्षकको रुपमा काम गर्न बाध्य भएका छन् । स्वयम्सेवी प्रशिक्षक मध्यकै एक पुर्व भलिबल खेलाडी लेखनाथ लम्सालले दुई दशक लामो आफ्नो खेलयात्रालाई स्वयम् सेवकको रुपमा विताउँदै आउँदा खेलकुदको स्थिति देख्दा उदेक लागेको बताए । उनले राज्यले प्रशिक्षक नियुक्ति नगर्दा खेलाडीका साथै आफुहरुलाई समेत जिवन धान्न हम्मे हम्मे परिरहेको सुनाए । ‘स्वास्थ्य सम्बन्धि अस्पताल छैन्, प्रशिक्षक छैन कसैले म खेलकुदमा किन आउने के छ खेलकुदमा भनेर प्रश्न ग¥यो भने जवाफ के दिने ? नयाँ खेलाडी हामीले अब कसरी उत्पादन गर्ने ? राज्यले केहि त गर्न पर्छ’ उनले भने,‘सद्यैँ खेलकुदलाई यस्तैछाडे अझै दयनिय अवस्था आउने बताए । यस्तै हक्कीका प्रशिक्षक राजन नेपालीले देशकै पुरानो खेल मध्येको हक्कीको आफ्नै मैदान नहुनु दर्भाग्य रहेको सुनाए । ‘हामीले खेल सामग्री र पोशाक आफै जोहो गरेका छौँ हाम्रा लागि त खेल मैदान समेत छैन बाकिँ कुरा गर्नै पर्दैन’ उनले भने । उता एथलेटिक्स प्रशिक्षक गोपबहादुर अधिकारीले पनि प्रशिक्षक विहिन गण्डकीको खेलकुद धान्ने स्थिति कम्जोर हुदैँ गएको गुनासो पोखे । आनन्द कुवरँले संघीयतामा जादा समेत केन्द्रको मुख ताकेर जिल्ला बस्न बाध्य भएको सुनाए । खेलाडीको गुनासो जायज रहेको सुनाउँदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुदमा राजनीति हाबि हुदाँ दुरदर्शा निम्तिएको सुनाए । उनले खेलकुदमा जिल्ला देखि केन्द्रसम्मै भोट कुन पार्टीलाई हाल्ने परिवारको खेलाडी भन्ने र आफुलाई सदस्य भन्दै ठेक्कापट्टा गर्दै खेलाडीको दुरुपयोग गर्ने गरेको सुनाए । उनले पञ्चायतकालमा खेलकुदको पुर्वाधार धेरै नभएपनि खेलाडीको खेल स्तर भने निकै ठुलो रहेको सुनाए । ‘पञ्चायत कालमा जस्तो खेलाडी हुनुपर्छ । त्यतिबेला राजाको हातमा खेलकुद थियो, खेलाडीहरु पनि धेरैमात्रामा ओलम्पिकमा सहभागि भएका थिए तर अहिले ओलम्पिक भनेको सपनामात्रै रह्यो’ उनले भने, अब खेलाडीले ओलम्पिकमा पदक ल्याउने हुनुपर्छ तब माात्र हामी खेलकुदमा जिउन सक्छौँ ।’

राज्यले खेलकुदमा लगानी निकै न्युन गरिरहेको छ । विकसित राष्ट्रले खेलकुदमा ठुलो लगानी गर्ने गरेपनि नेपालमा भने त्यसोभएको पाइदैन । खेलकुदलाई व्यवसायीक बनाउन सके खेलाडी र देशको अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिन्छ । खेलाडीलाई सामान्य रोजगारका साथै आवस्यक प्रशिक्षणको व्यवस्था गरेमा खेलाडी प्रति न्याय हुुन्छ ।

खेलकुद मन्त्री गहतराजले बिहिबार पोखरा रंगशालाको भ्रमण समेत गरेका छन् । उनले नवौँ राष्ट्रिय खेलकुद लक्षित अवलोकन गरेको बताइरहँदा खेलकुद अहिले नै नहुने निश्चित देखिएको छ । खेलकुद मन्त्री गहतराजले बैशाख ३० गतेको निर्वाचनले गर्दा नवौँ खेलकुद नहुने स्पष्ट पारे । त्यतिमात्र होइन् नवौ अन्तरगत पोखरामा पौडी र सुटिङ समेत नहुने स्पष्ट भएको छ । समग्रमा भन्नुपर्दा उनले नवौँ खेलकुद अन्योलमा नै रहेको संकेत गरे ।
यद्यपी अवलोकनका क्रममा जति पनि पुर्वाधारका कामहरु भइरहेका छन् ती पुर्वाधार सम्पन्न गर्न आर्थिक अवस्था देखाएर काम रोक्ने प्रवित्तिको बन्द गर्न निर्देशन दिएका छन् । उनले वर्तमान राजनीति अवस्थालाई संकेत गर्दै भने,‘एउटा गाडीको पाटपुर्जा अर्को गाडीमा अट्दैन’, सुटिङ र पौडि पोखरामा हुदैँन अन्य सबै खेल यहाँ हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->