आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ विजयी

मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ विजयी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७८, आइतबार

पोखरा/ इन्फोम्याटिक्स कलेजको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ कास्की विजयी भएको छ ।
उक्त कलेजका प्राध्यापक तथा प्रतिनिधि र कास्कीमा कार्यरत पत्रकारहरुबीच दोविल्ला स्थित सहारा एकेडेमीको मैदानमा भएको खेलमा पत्रकारको टिमले इन्फोम्याटिक्स कलेजलाई ८–३ गोलअन्तरले पराजित गरेको हो । पत्रकार महासंघको जितमा पूर्ण न्यौपाने एक्लैले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै अर्जुन गाहामगर, अनुप पौडेल, विष्णु गौतम र बशन्त शेर्पाले १÷१ गोलको योगदान दिए । इन्फोम्याटिक्सको तर्फबाट टिम कप्तान विवेक श्रेष्ठ, दिपेन्द्र थापा र सन्दिप अधिकारीले १÷१ गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन् ।

आफ्नो वार्षिकोत्सवको अवसरमा खेल अघि कलेजले नेपाल पत्रकार महासंघ कास्कीलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको थियो । यस्तै सहारा क्लब पोखरालाई पनि कलेजले नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सहारा क्लबका अध्यक्ष सुरज गुरुङलाई कलेजका सिइओ अभिनभ दहाल तथा फाउण्डर प्रद्युम्न केसीले शनिबार नै सहयोग रकमको चेक हस्तान्तरण गरेको थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष भण्डारीले भाइचारको विकास गर्ने उद्देश्य मैत्रीपूर्ण खेल आयोजना गर्नु उदाहरणीय काम भएकोमा प्रशंसा व्यक्त गरिन् ।

यसैविच सहारा एकेडेमीको अक्षयकोषका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको पनि अध्यक्ष गुरुङले जानकारी दिए । सहारा एकेडेमीले सञ्चालन गरेको सहारा अक्षयकोषका लागि चारभञ्ज्याङ तमु समाजका अध्यक्ष हनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ र उहाँकी धर्मपत्नीले ५० हजार ५ रुपैयाँ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले ५० हजार रुपैयाँ तथा सहारा यूकेका पूर्व कार्यसमिति सदस्य ईश्वर गुरुङले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->