आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वडा–८ स्तरिय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता शुरु

वडा–८ स्तरिय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता शुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७८, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना सोमबारदेखि पोखरामा वडा ८ स्तरीय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ ।
युनिक व्याडमिण्टन क्लबको संयोजनामा संचालित प्रतियोगिताको पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियेf ।

उद्घाटन खेलमा वडाध्यक्ष रुद्रनाथ बराल र श्रीराम घिमिरेको जोडीले सरोज श्रेष्ठ र लेखनाथ न्यौपानेको जोडीमाथि जित जीत निकाल्यो । प्रतियोगितामा ओपनतर्फ नविन गुरुङ र पिटर गुरुङको जोडीले जगन घले र देवेन्द्र गुरुङको जोडीलाई तथा सुरेश तामाङ र नारायण रानामगरको जोडीले दीपक लामिछाने र रामचन्द्र रामदासको जोडीलाई पराजित गर्र्दै फाइनलमा स्थान बनाएका छन् । भेट्रान्सतर्फ सूर्य अधिकारी र काशी शर्माको जोडीले रविन धमला र गोविन्द बरालको जोडीलाई तथा विवेक सुवेदी र फुर्वा छिरिङ गुरुङको जोडीले जीतबहादुर कुँवर र जसबहादुर गुरुङको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे । फाइनल मंगलबार हुँदैछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->