आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सृजना कप भलिबल, उपाधिका भिडन्त

सृजना कप भलिबल, उपाधिका भिडन्त


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा/ पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच उपाधि भिडन्त हुने भएको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् । त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->