पोखरा/ सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी सुरुवात गरेका छन । ८ वर्ष मुनिका नेपाल च्याम्प पौडेलले आफ्नैं उमेर समूहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गरेका हुन् । ८ वर्ष मुनिका अन्य खेलहरुमा निरज टण्डनले आदित्य केसीलाई, नितेश थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गरे । ८ वर्ष मुनिकै गल्र्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गरिन् ।
१४ वर्ष मुनिको गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङ्गले स्वस्तीका विष्टलाई पराजित गरिन् । १४ वर्ष मुनिको ब्वाइज सिंगल्समा राजविर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशिले जिवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शील श्रेष्ठले एड्रिन थापालाई पराजित गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।





