पोखरा/ शान्ता माविले सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबैतर्फको उपाधि जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम वराह मावि र छात्रातर्फ शान्ता माविले नै लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेतामा चित्त बुझाएको छात्रतर्फको मेश्रम वराह र छात्रातर्फको लक्ष्मी माविले नगद ५०÷५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ विन्ध्यवासिनी मावि तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा छात्रतर्फ शान्ता माविका ज्ञानु परियार तथा छात्रातर्फ शान्ता माविकै गंगा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५÷५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।प्रतियागिता चैत ५ गतेदेखि सुरु भएको थियो





