बागलुङ/ विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाको तमानखोला गाउँपालिकामा निशुल्क स्वासथ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरी अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा १ सय ५० जनाको खकार, पिसाब, मधुमेह तथा एचआईभी जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शिविरमा खकार जाँच भएका मध्ये १५ जनामा क्षयरोगसँग सम्बन्धित मिल्दाजुल्दा लक्षण देखिएपछि थप जाँचका लागि धौलागिरी अस्पताल पठाईएको छ । शिविरमा तमानखोला गाउँपालिकाले ५० हजार बढीको औषधि निशुल्क वितरण गरेको थियो ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिक अधिकृत अमृता बराल, स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन डिल्ली प्रसाद आचार्य, तमानखोला गाउँ पालिकाका ल्याव असिस्टेन विमला वुढा मगर, भुवानि शंकर पुन, हेल्थ असिस्टेन होम बहादुर लगायतको समुहले शिविरमार्फत सेवादिएका थिए । शिविरको संयोजन तमान खोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक छन्त्यालले गरेका स्वास्थ्य कार्यालयका क्षयकुष्टरोग निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिए ।





