बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७८, आइतबार

काठमाडौं\उत्तरी मित्रराष्ट्र चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरे ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरे ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ९ वटा समझदारीमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->