शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

धवलागिरी गापाले शिक्षा र योजना ऐन संसोधन

धवलागिरी गापाले शिक्षा र योजना ऐन संसोधन


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७८, सोमबार

म्याग्दी\जिल्लाको धवलागिरी गाउँपालिकाको विशेष गाउँसभाबाट मृनामा अवस्थित धवलागिरी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । आइतबार मुनामा भएको गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफलपछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।माविको हकमा पैतिस लाख र आधारभूत तहको हकमा . पच्चिस लाख प्रदान गर्ने व्यक्तिको नाममा विद्यालयको नाम राख्न र परिवर्तन गर्न पाउने व्यवस्था संसोधित शिक्षा ऐनमा गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीले गाउँपालिकाका स्वास्थ्य संस्थाबाट निःशूल्क वितरण गरिने औषधीको दररेट स्विकृत र मतगणना स्थलमा भिडियो मार्फत निगरानी गर्ने उपकरण ( भोट काउन्टीङ भिडियो म्यानेजमेन्ट सिस्टम) खरिद गर्ने निर्णय पनि गरेको बताए । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सवै स्थानीय तहमा भिडियो प्रणाली जडान गर्न पत्राचार गरेको थियो । सो उपकरणका लागि चार लाख बजेट बिनियोजन भएको छ । सात वटा शिर्षकको रु. सत्र लाख पचास हजार बजेटको शीर्षक संसोधन भएको छ ।२२ वटा योजनाका लागि शिर्षकान्तर गरेर थप पचास लाख पाँच हजार बजेट बिनियोजन भएको उपाध्यक्ष रेशम छन्त्यालले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->