बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा १७ लाख ८० हजार मतदाता, २३ सय मतदान केन्द्र

गण्डकीमा १७ लाख ८० हजार मतदाता, २३ सय मतदान केन्द्र


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७८, सोमबार

पोखरा\निर्वाचन आयोगका अनुसार गण्डकीमा कुल ८ लाख ६४ हजार ४५२ महिला र अन्य ११ जनासहित १७ लाख ८९ हजार ४११ जना मतदाता रहेका छन् । ती मतदाताहरुले यहाँका १२५३ मतदान स्थलमा रहने २३ सय मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् ।
गोरखा ११०३०३ महिलासहित २ लाख १८ हजार ५६३ र मनाङमा जम्मा ६ हजार ४९६ मतदाता रहेकोमा ३३४८ महिला मतदाता रहेका छन् । लमजुङमा ४६ हजार ४ सय ५३ महिलासहित १ लाख ३४ हजार ४९४, कास्कीमा १ लाख ४८ हजार ८७ सहित २ लाख ४४ हजार ३४०, तनहुँ २ लाख ४० हजार ५३५,नवलपुरमा २ लाख ५ हजार ६१५, मुस्ताङमा १० हजार ४८५,म्याग्दीमा ८५ हजार ३७५,बागलुङमा १ लाख ९३ हजार ६२५ र पर्वतमा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन् । निर्वाचन आयोगले सबै जिल्लाका मतदान केन्द्रको लागि मतदान अधिकृतको व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->