पोखरा/ अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राइजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । आफनो पाँचै खेलमा अपराजित रहँदै राइजिङ च्याम्पियन वाइन किङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग च्याम्पियन बनेको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको अन्तिम खेलमा राइजिङले अरण्यज्योतिसँग प्रतिस्पर्धा गरेको थियो । टस जितेर व्याटिङ उत्रिएको राईजिङले ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ८५ रनमा समेटिन पुग्यो ।
यसअघि भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई पराजित गरेको थियो । पोखरा क्रिकेट क्लबले दिएको ६२ रनको लक्ष्यलाई कास्की क्रिकेट क्लबले ७ विकेटले पराजित गरेको थियो । नौ हप्ता चलेको प्रतियोगितामा म्यान अफ दि सिरिज राइजिङ क्रिकेट क्लबका कप्तान अमृत गुरुङ घोषित भए । बेष्ट व्याट्सम्यान पोखरा क्रिकेट क्लबका अनिल गुरुङ, बेष्ट बलर राईजिङ क्रिकेट क्लबका अमृत गुरुङ घोषित भए ।





