पोखरा/ पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार ९ खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा हेम्जा युवा क्लबलाई हेम्जा युनाइटेडले ४–१ गोल अन्तरले पराजिगत ग¥यो । आयोजक सेतो र हिमालयन मेलवर्न बिच भएको दोस्रो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाईबेकरमा २–१ गोल अन्तरले आयोजक सेतो विजयी बन्यो ।
त्यसैगरी तेस्रो खेलमा ताङ्बे एफसीलाई पाटन एफसीले २–१ गोल अन्तरले पराजित ग¥यो भने चौथो खेलमा सराङ्कोट सेवा समितिलाई सिम्पानी एफसीले ४–० को फराकिलो गोल अन्तरले सहज जित निकाल्यो ।
पाँचौ खेलमा कमल पोखरी एफसीलाई मसिना एफसीले ३–० गोल अन्तरले सहजै पराजित ग¥यो ।
छैटौं खेलमा राम एफसीको अनुपस्थितिमा तारा एफसी वाक ओभर मार्फत् विजयी बन्यो । सातौ खेलमा लाँलीगुँरास क्लब धम्पुसले सार्दीखोला एफसीलाई २–१ गोल अन्तरले हरायो ।
आठौं खेलमा हाम्रो एफसीले याम्दी एफसीलाई ४–१ गोल अन्तरले सहज जित निकाल्यो । अन्तिम खेलमा आयोजक हरियोलाई रफ गाईजले १–० गोल अन्तरले संघर्षपूर्ण जित निकाल्यो । आइतबारसमेत पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछन् ।





