बगलुङ/कालीका स्पोर्ट क्लबको आयोजनामा बागलुङमा अन्तर विद्यालय छात्रा कबड्ी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ विद्यालयका छात्राले भाग लिएका थिए । बिहिवार र शुक्रवार भएको खेलमा त्रिभूवन मावि खरवाङ प्रथम र बागलुङको कालिका कन्या मावि द्वितीय भए ।
छात्राहरुको क्षमता प्रस्फुटन गरी खेलमा आकर्षित गर्न प्रतियोगिता आयोजना भएको क्लबका अध्यक्ष सुधीर श्रेष्ठले जानकारी दिए । खेलमा पहिलो हुने समूहलाई १२ हजार र दोश्रो समूहलाई ७ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो । प्रति टिममा ९ जना खेलाडीले भाग लिन पाएकोले झण्डै १ सय खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।





