आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले संघर्षपूर्ण जित निकालेको छ ।
दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श युवा क्लब भण्डारढिकलाई नव आदर्शले २–१ गोल अन्तरले पराजित गरेको हो ।
त्यसैगरी दास्रो खेलमा भदौरे क्लबले डेभिजफललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भदौरेको जितमा समुन्द्र सुवेदीले र कुशल परियारले समान १ गोल गरे भने डेभिजफलको तर्फबाट सुदिप रानामगरले सान्त्वना १ गोल फर्काए । उक्त जितसँगै भदौरे क्लबले ३ अंक जम्मा गरेको छ । भने डेभिजफलको पनि ३ अंक रहेको छ ।

अर्काे खेलमा एपेक्स क्लबको अनुपस्थितिमा ड्यामसाइड क्लबले वाकओभर मार्फत विजयी बन्दै ३ अंक बटुलेको छ । रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको अन्तिम खेलमा इन्द्रेणी एकीकृत विकास केन्द्र र एलजी एसोसियसनबीच भएको खेल गोलरहित बराबरीमा सकिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए ।

पोखरा महागरपालिका २५ हेम्जा स्थित गौरीशंकर खेलमैदानमा भएको पहिलो खेलमा हेम्जा युनाइटेडले पोखरा युनाईटेड क्लबलाई ३–० गोल अन्तरले पराजिगत ग¥यो । उक्त जितसँगै हेम्जा युनाइटेडले ४ अंक बटुलेको छ ।
त्यसैगरी अर्काे खेलमा शितलज्योती क्लबले लेकसाइड क्लबको अनुपस्थितिमा वाकओभर मार्फत शितलज्योती क्लब विजयी बनेको छ । उक्त जितसँगै शितलज्योति क्लबको अंक ६ भएको छ ।
अन्तिम खेलमा गार्डेन एफसीले भ्याली स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । अहिलेसम्म गार्डेनले ३ अंक बटुलेको छ । यता भ्याली स्पोर्टस्ले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ । एन्फा कास्कीका अनुसार प्रतियोगितामा अब कुल ४१ खेल बाँकी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->