आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की लिगमा ‘बि–१३’ शिर्ष स्थानमा

कास्की लिगमा ‘बि–१३’ शिर्ष स्थानमा


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७८, आइतबार

पोखरा/ अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा सत्य युवा क्लब बाझापाटन शिर्ष स्थानमा रहेको छ ।
लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको खेलमा डेभिजफल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

सत्य युवा क्लबले ४ खेल खेल्दै कुल १२ अंक सहित शिर्षस्थानमा रहेको छ खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार अर्को खेलमा नयांगाउँलाई युनाईटेड क्लबले ३–१ गोल अन्तरले हरायो । युनाईटेड क्लबले ३ खेल खेल्दै ३ अंक जम्मा गरेको छ ।
तेस्रो खेलमा रामघाटको अनुपस्थितिमा फुलबारी क्लबले वाक ओभरमार्फत विजयी बन्यो । यसैगी पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा ४ खेल सम्पन्न भएको खेल सहसंयोजक सुनिल गायकले बताए । उनका अनुसार पहिलो खेलमा हेम्जा युनाइटेड र नव आदर्श क्लब लामाचौरबीच भएको खेल २–२ गोलको बराबरीमा रोकिँदै दुवै टिमले समान १ अंक बाडेको छ । र उक्त खेलसँगै हेम्जा युनाईटेको ४ खेल खेल्दै ८ अंक बटुलेको छ ।

अर्को खेलमा एलजी एशोसियसनले भ्याली स्पोर्टस् क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । त्यसैगरी तेस्रो खेलमा ड्यामसाईड क्लबले सँगम एफसीलाई ४–३ गोलले पराजित गर्यो । अन्तिम खेलमा ईन्द्रेणी एकीकृतको अनुपस्थितिमा गार्डेन एफसी वाक ओभरमार्फत विजयी बन्यो ।
प्रशिक्षार्थी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->