आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिकेट सिरिजमा कास्की बी विजेता

क्रिकेट सिरिजमा कास्की बी विजेता


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७८, सोमबार

पोखरा/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ ।
पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिजअन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।

१७० रनको लक्ष्य पछ्याएको कास्की बीले विधान श्रेष्ठ र अमृत गुरुङको अविजित ३६ र ३७ रनको योगदानमा ३५.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । सिरिजमा कास्की बीका नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल तथा कोषाध्यक्ष विरेन पुनले गिरीलाई ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->