आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की लिगः क्वाटरफाइनलका खेल आज

कास्की लिगः क्वाटरफाइनलका खेल आज


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७८, मंगलबार

पोखरा/ कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ । पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल सोमबार सकिएको हो ।
लिग चरणका खेल सकिएसँगै क्वाटरफाइनल खेल पोखरा रङ्गशालामा सञ्चालन गरिने खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो समुहबाट हेम्जा युनाईटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंक सहित अन्तिम आठमा प्रवेश गरेको छ । दोस्रो समुहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाईड क्लब १० अंक सहित क्वाटरफाईलमा स्थान बनायो ।

तेस्रो समुहबाट सत्य युवा क्लब र शितलज्योती क्लब समान १२ अंक सहित छनौेट भयो । अर्काे समूहबाट एलजी एशोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
क्वाटरफाइनलका खेल मंगलबार पोखरा रङ्गशालामै हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो खेल नव आदर्श र शितलज्योती बिच हुनेछ । दोस्रो खेल सत्य युवा क्लब र हेम्जा युनाइटेबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल ड्यामसाईड र भ्याली स्पोर्टस् बिच हुने खेल हुनेछ । अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एशोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->