आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फुटवल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी चयन

फुटवल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी चयन


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

बागलुङ\जिल्ला फुटवल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा शनिबार सम्पन्न छैटौं जिल्ला अधिबेशनले राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विकास थापा, राज कुमार शर्मा र राहुल बोहरा, सदस्यहरुमा लोक बहादुर खड्का, प्रेम बुढा मगर, अविनाश केसी, हरि बहादुर भण्डारी ‘रमेश’, जीवन रोका, सुरेश किसान, सुवास बोसेल, प्रमल थापा, सज्जन खड्का र अविनाश बोसेल, महिला सदस्यमा रुविना श्रेष्ठ थापा सर्वसम्मत चयन भएका छन् ।
नव निर्वाचित कार्यसमितिले बरिष्ठ उपाध्यक्षमा सुरज खड्का, महासचिवमा रेशम गोतामे, कोषाध्यक्षमा सुर्य लामिछाने, सह–कोषाध्यक्षमा कमल बोहरा र सहसचिवमा सतिश केसीलाई मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->