आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा हुने, तयारी सुरु

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा हुने, तयारी सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी सुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाई छ । ’हामीले छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारि सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’, बरालले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले बताए ।
मञ्चको दोस्रो बैठकबाट आगामी जेठमा हुने तय भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर राष्ट्रिय स्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णय समेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । यसैगरी दोस्रो बैठकबाटै मञ्चले पूर्वअध्यक्ष विनोद लामिछानेलाई मञ्चको सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->