बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘बागी’ उम्मेद्वारी फिर्ता लिन कांग्रेसको अपिल

‘बागी’ उम्मेद्वारी फिर्ता लिन कांग्रेसको अपिल


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७९, बिहिबार

बागलुङ/ सत्ता गठबन्धनका विरुद्धमा स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता कार्यकर्तालाई नेपाली कांग्रेस बागलुङले उमेद्वारी फिर्ताका लागि अपिल गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले असन्तुष्टि राखेर स्वतन्त्र र अन्यदलमा प्रवेश गरेर उम्मेद्वारी दिएका नेता कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन अपिल गरेको हो ।

कांग्रेसले पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको क्रमबद्ध मुल्यांकन र न्यायोचित व्यवस्थापन गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । पार्टी सभापति जीतबहादुर शेरचनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र वा अन्य दलको निर्वाचन चिन्हमार्फत उम्मेद्वारी दिँदा नेपाली कांग्रेसले अबलम्बन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको हाम्रो निष्ठा वर्तमान राजनीतिक गठबन्धनविरुद्ध जाँदा पार्टीलाई दूरगामी रुपमा क्षति पुग्ने हुन्छ ।’

शेरचनले उमेद्वारी फिर्ता लिएर एक ढिक्का भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्नसमेत आग्रह गरेका छन् । विज्ञप्तिमा कांग्रेस सभापति शेरचनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरेका छन् । निर्वाचन संघारमा रहेका बेला उनले लोकतन्त्र मास्न र संविधान मास्न खोज्नेविरुद्ध गठबन्धन भएको भन्दै गठबन्धनका पक्षमा लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->