बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा १५ को घरदैलो हिजोका कामले जित्ने विश्वास

पोखरा १५ को घरदैलो हिजोका कामले जित्ने विश्वास


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७९, शुक्रबार

पोखरा। नेकपा एमाले वडा १५ ले आजदेखि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको थालनी गरेको छ। पाँचै जना उम्मेद्वारसहित कार्यकर्ताको टोलीले आज फूलबारी होटलको दोस्रो गेटदेखि घरदैलो तथा भेटघाट कार्यक्रमको सुरुवात गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा १५ का वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बहादुर बानियाँले आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई जिताउन घरदैलो कार्यक्रमको थालनी गरिएको बताए ।

सामाजिक अभियन्ता समेत रहेका बानियाँले हिजो गरिएका सामाजिक कामको प्रेरणाले आफूहरुलाई वडाबासीले बहुमतले जिताउने विश्वास गरे।

कार्यक्रममा खुल्ला सदस्य पदका उम्मेद्वार आशिष भण्डारीले विकास र परिवर्तनका लागि युवाहरुको नेतृत्व गर्दै आफू समग्र वडा १५ को तल्लो क्षेत्रको प्रतिनिधित्व गर्दै अगाडि सरेको बताए।

यस्तै, दलित महिला सदस्य पदकी उम्मेद्वार मन्दिरा परियारले वडाका महिला तथा दलित महिलाको गुनासो सुन्न र समस्याको समाधान गर्न पुनः आफूले उम्मेद्वारी दिएको बताइन्। यसअघि पनि वडा वासीको बहुमतले बिजयी भएको स्मरण गर्दै परियारले महिला उत्थान र महिला स्वरोजगारका कार्यक्रमहरु ल्याउने भन्दै आफुहरुलाई निर्वाचित गर्न आग्रह गरिन् ।

खुल्ला सदस्यका उम्मेद्वार वलराम पौडेलले विकास निर्माणमा जनजनको मन जोडिनुपर्ने भन्दै सबैको मन जोडिए मात्रै फूल्न र फल्न सक्ने बताए । उनले वडामा सबै आफ्ना छिमेकी भएकाले हिजो पनि सँगै रहेको र अबपनि हर समस्यामा सँगै रहने र वडा वासीलाई साथ दिने बताए।

महिला सदस्य उम्मेद्वार सेतीमाया गुरुङले आफ्नो परिचय दिँदै आफू भूमिहिन संगठनको केन्द्रिय सदस्य भएकाले वडाका भूमिहीन दिदीबहिनी तथा वस्तिका लागि केहि सहयोग गर्न सक्छु कि भनेर आफू अगाडि सरेको बताइन्। उनले पार्टीले आफूलाई दिएको जिम्मेवार सफलता पूर्वक निर्वाह गर्ने बताइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->