यसअघिको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्ष जीतेका कृष्ण प्रसाद शर्मा र उनका प्रतिस्पर्धी एमालेका प्रदिप थापा पाँच वर्षपछि बरेङ गाउँपालिकाको अध्यक्षका लागि फेरी आमने–सामने हुँदैछन् । सत्ता छोडेर निर्वाचनमा होमिएका शर्मा र जनताको घरदैलोबाट पाँच बर्षपछि सत्तारोहणको लागि संघर्ष गरीरहेका थापा दुबै जना बीचको चुनावी रस्साकस्सी पेचिलो बनिरहेका बेला निर्वाचनमा होमिँदा उमेद्वारहरुका एजेण्डा के हुन् । हारतीजको आधारहरु के–के छन् । किन दिने त यीनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले बरेङमा गठबन्धनको तर्फबाट अध्यक्षका उमेद्वार कृष्ण प्रसाद शर्मासँग गरेको छोटो संवादको संपादित अंश…।
बरेङ गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर अध्यक्ष पदको प्रतिस्पर्धामा हुनुहुन्छ । हजुरनै अध्यक्षको उमेद्वार किन ?
– हो म यसअघिको निर्वाचनबाट निर्वाचित अध्यक्ष थिएँ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुन उत्साहका साथ मतदाताले हामस्लाई मत दिनुभयो, त्यस यता मैले अध्यक्षमा रहेर गरेका काम र त्यसको प्रभाव अहिले पुनः सोही पदको प्रतिस्पर्धामा छु । हामीले निर्वाचित भएपछि कानूनको अभावमा केही समय कामै गर्न सकेनौं । प्रदेश र संघीय सरकारले कानून नबनाउने बेलासम्म हामीले कानून बनाउन नमिल्दो रहेछ । कानूनी अड्चन फुकाउँदा हामीलाई कर्मचारीको अभाव भयो । कर्मचारीको समस्या फुकाउँदा कोभिड आयो । यी बिबिध समस्याका बीचमा हामस्ले जनचाहना अनुसार कामहरुको सुरुवात गरेका थियौं । तीनै काम पुरा गर्न जनताको माग अनुसार मेरो उमेद्वारी हो भनेर बुझौं ।
तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?
– योग्यताको मापन गसरी गर्न सकिएला र । पार्टीमा धेरै साथीहरु म भन्दा योग्य हुनुहुन्छ भन्ने मलाई लाग्छ । पहिलो कार्यकालमा गरेको कामको प्रभाव, जनचाहना र पार्टीले तयार गरेको मापदण्डमा म परेँ । सोहीअनुसार पार्टी र जनताको विश्वासले म फेरी उमेद्वार भएको हो । बरेङको सन्तुलित विकासले मलाई फेरी माग्यो भनेर बुझौंन ।
बरेङ गाउँपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?
– शिक्षाको सुधारबिना अरु कुनै क्षेत्रको विकासको कल्पना गर्न सकिन्न । बरेङका सबै सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार मेरो पहिलो प्राथमिकता हो । दोस्रो प्राथमिकता भनेको स्वास्थ्य सेवालाई बिकेन्द्रित गर्ने हो । कम्तिमा आधा घण्टाको दुरीमा आधारभुत स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्ने भनेका छौं । सोहीअनुसार भएका कामलाई पूर्णता दिनु छ । बरेङ उद्योग कलकारखाना नभएको गाउँपालिका हो । यहाँ हामीले स्वरोजगार बन्नेगरी व्यवसायीक उत्पादनलाई जोड दिनु छ । वन, पर्यटन लगायत आर्थिक विकासका क्षेत्रको विस्तार र प्रबद्र्धनमा हाम्रो जोड रहने छ ।
निर्वाचित हुनुभयो भने पाँच वर्षपछि बरेङ गाउँपालिकाबासीले के–के फरक पाउलान् त ?
– विगत हाम्रो निकै कमजोर थियो । हामिले पाँच वर्षको अबधिमा पहिलेको भन्दा फेरीएको बरेङ विकास गरेका छौं । अहिलेको भन्दा दोव्वर बिकास भएको बरेङ गाउँपालिका अबको पाँच बर्षमा देख्न पाईने छ । सुशासन मुख्य कुरा हो । हामीले सदाचारयुक्त गाउँपालिका निर्माण गरेर जनताको घरदैलोमा सेवा पु¥याएका हुने छौं । हामीले पाँच वर्ष प्रयत्न गर्दा पनि कठिन भुगोल, सुरुवातको अवस्था भएका कारण यहाँका सडक बाह्रै महिना चल्ने अवस्थामा छैनन् । स्तरोन्नती भएका सडकमा बाह्रै महिना सवारी चल्ने अवस्थाको विकास हुने छ । कृषि सडक, टोलस्तरीय सडकको विकास गर्ने छौं । कृषि क्षेत्रमा निर्वाहमुखी प्रणालीबाट बिस्तारै व्यवसायीक बन्दै गरेको अबस्था छ । हाम्रो आर्थिक क्षेत्रको सुधार गर्ने कृषि र पशुपालनको क्षेत्रनै हो । त्यसैले कृषि व्यवसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण भएको हुने छ । सबैका घरमा र स्वास्थ्य सेवाको पहुँच पुगेको अवस्था हुने छ ।
अघिल्लो चुनावमा पनि तपाईको पार्टीको यस्तै प्रतिबद्धता थियो । तर चुनाव पछि चुपचाप बस्नुभयो ।
– अघिल्लो निर्वाचनमा हामीले कुनैपनि महत्वकांक्षी प्रतिबद्धता गरेकै थिएनौं । जम्मा २३ वटा बुँदामा हामिले प्रतिबद्धता गरेका थियौं । अनेको समस्याका बीचमा पनि हामिले ती प्रतिबद्धता पुरा गरेका छौं । म एक, दुई, तीन गनेर भन्नसक्छु की हामिले एक घर एक धारा प्राबिधिक कारणले पु¥याउन सकेनौं, खरको छाना बिस्थापन गर्ने काम हामिले टेन्डर आव्हान गर्दा समेत जस्ता खरिद गर्न मुल्यका कारणले सकेनौ र फलामे पोलको पनि उस्तै समस्या रहयो । अरु सबै काम भएका छन् ।
कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?
– पहिलो कुरा त गठबन्धन भनेको ‘गिभ एण्ड टेक’ हो । गठबन्धनका सबै कार्यकर्ता तथा शुभचिन्तकको भोट हामीलाई र हाम्रो भोट उहाँहरुका लागि हुन्छ । अर्को कुरा मैले पाँच बर्ष काम गर्दा कसैलाई भेदभाव गरेको छैन् । आफ्नो अर्काको कुनैपनि आधारमा भनिन् । मैले आवश्यकतालाई प्रधान मानेर जनताको काम गरेँ त्यसैले मेरो मत पाउने आधारहरु यिनै हुन् ।





