बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हामिसँग भिजन छ, सोही अनुसारको बिकास गर्छौं : प्रदीप थापा

हामिसँग भिजन छ, सोही अनुसारको बिकास गर्छौं : प्रदीप थापा


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७९, मंगलबार

यसअघिको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्ष जीतेका कृष्ण प्रसाद शर्मा र उनका प्रतिस्पर्धी एमालेका प्रदिप थापा पाँच वर्षपछि बरेङ गाउँपालिकाको अध्यक्षका लागि फेरी आमने–सामने हुँदैछन् । सत्ता छोडेर निर्वाचनमा होमिएका शर्मा र जनताको घरदैलोबाट पाँच बर्षपछि सत्तारोहणको लागि संघर्ष गरीरहेका थापा दुबै जना बीचको चुनावी रस्साकस्सी पेचिलो बनिरहेका बेला निर्वाचनमा होमिँदा उमेद्वारहरुका एजेण्डा के हुन् । हारतीजको आधारहरु के–के छन् । किन दिने त यीनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले बरेङमा एमालेका तर्फबाट अध्यक्षका उमेद्वार प्रदिप थापा मगरसँग गरेको छोटो संवादको संपादित अंश…।

बरेङ गाउँपालिकामा यस अघीको निर्वाचनमा पराजित हुनुभएको थियो । फेरी पनि हजुरनै अध्यक्षको उमेद्वारमा कसरी योग्य हुनुहुन्छ ?

– सबैभन्दा पहिलो कुरा त मैले चुनाव हारेपछि म हारको मानसिककता बोकेर हिँडिन् । मैले जीतेको थिईन् तर जितेकाहरुले भन्दा मेहनत गरेर जनताको घर दैलोमा पुगेर सेवा गरेको छु । बरेङको बिकास निर्माणको सन्दर्भमा मैले धेरै कामहरु गरेको छ । जनताको सुःख, दुःखमा साथ दिएको छ । जनसेवाले मलाई मेरी उमेद्वार बन्न प्रेरीत गरेको हो ।

तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?

– नेकपा एमालेको तर्फबाट म अध्यक्षको उमेद्वार हो । एमालेमा योग्य नेता नहुने भन्ने हुँदैन । यहाँ धेरै साथीहरु योग्य र सक्षम हुनुहुन्छ । अघिल्लो निर्वाचन हारेको र जनताको बीचमा रहेर काम गरिरहेको भएकाले म नै स्वभाविक रुपमा यो पदको उमेद्वारका लागि योग्य भएको हुँला । जनताको माग र पार्टीको छनोटले मलाई यहाँ पु¥याएको हो । योग्य भन्ने कुरा नेकपा एमाले देशव्यपाी रुपमा एक्लो मैदानमा छ । हामि बरेङमा चुनावमा अरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा योग्य हुँदा हुँदै पनि । जनता आजीत छन् । यु्वा नेतृत्व आउनुपर्छ

बरेङ गाउँपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?

– पहिलो कुरा त बरेङ भ्रष्टाचारमुक्त गाउँपालिका बुनाउने प्राथमिकता मेरो छ । हामिले बरेङ गाउँपालिका कस्तो हुने, यहाँका जनताको जीवनस्तर कस्तो हुने भनेर प्रतिबद्धता जाहेर गरेका छौं । सोही अनुसारका नीति कार्यक्रम र बजेट मार्फत गाउँपालिका मुहार फेरेको पु¥याउने छौं । पूर्वाधारले पूर्णता पाउँदै गरेका अबस्थामा पु¥याउँछौं । रोजगारी सिर्जना, व्यवसायीक उत्पादन र बजारीकरणको काम तिब्र भैरहको हुने छन् ।

तपाईं निर्वाचित हुनुभयो भने पाँच वर्षपछि बरेङबासीले के–के फरक पाउलान् त ?

– यो निर्वाचनमा हामि निर्वाचित भए पछि बरेङको मुहार फेर्ने हामिसँग भिजन छ । गउाँपालिका जितेर पुग्दैन् । संघ र प्रदेशमा समेत हाम्रो पार्टीको नेतृत्व स्थापित हुने छ । तीनै तहको सरकारको समन्वयमा हुने कामले बरेङको मुहार फेरीने हो । हामिले बरेङ यथास्थितीमा रहेको देखेका छौं । दुर्गम गाउँपालिका बनाउन यसअघिको कार्यकालमा निर्वाचित नेतृत्वले सहयोग गर्यो । राष्ट्रिय राजनीतिमा पहुँच नभएको गाउँपालिकाको स्रोत साधन परिचालन गरेर मात्रै काम गर्न सक्दैन भन्ने प्रमाण बन्यो बरेङ । प्रतिस्पर्धि, यस अघिको निर्वाचत उमेद्वारले काम गर्न खोजेर पनि काम गर्न सक्नुभएन् । जसका कारण बरेङ जस्ताको तस्तै ठाउँमा रहनु पर्यो । अब हामले यहाँको बिकास र समृद्धिका लागि योजनाबद्ध काम गर्छौं । बिकास नभएको बरेङबाट परिवर्तन गरेर समृद्ध नमुना गाउँपालिका बनेको अबस्थामा पु¥याएका हुने छौं ।

कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?

– म एमालेको तर्फबाट उमेद्वार भएको युवा हो । एकातर्फ बिकास र परिवर्तनका लागि युवा नेतृत्व प्रतिको आकर्षण अर्को तर्फ राष्ट्रिय राजनीतिमा पनि पहुँच राख्नसक्ने उमेद्वार भएकाले सबैले मलाई मत दिनुहुन्छ । मेरो प्रतिष्पर्धि सत्ताबाट चुनावी मैदानमा आउनुभएको हो । म जनताको घर दैलोबाट आएको छु । कामको मुल्यांकन जनताले गरेका छन् । असन्तुष्टिहरु छन् । जुन असन्तुष्टिहरु सम्बोधन मैले गर्नसक्छु । त्यसैले अन्यपार्टीका कार्यकर्ता र स्वतन्त्र मतदाताले मत खेर हाल्नुहुन्न । मलाई मत दिने आधार यीनै हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->